• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ५, २०८२ Wed, Oct 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

वैदेशिक रोजगारीमा ठगीको महामारी

१० हजार लिनुपर्ने ठाउँमा ४ लाख असुलेर बिचल्ली, एउटै म्यानपावरले ठग्यो १२ करोड
64x64
निर्मला घिमिरे सोमबार, मंसिर ८, २०७७  ०६:३३
1140x725
वैदेशिक रोजगारीका लागि गन्तव्य देश प्रस्थान गर्न लागेका नेपाली युवा। पछिल्लो समय वैदेशिक रोजगारीमा युवालाई ठग्ने क्रम बढे पनि सरकारले त्यसलाई नियन्त्रण गर्न सकेको छैन। फाइल तस्बिर

काठमाडौं- कोरोना महामारी जसरी नै वैदेशिक रोजगारीका नाममा श्रमिक ठगीको 'महामारी' फैलिएको छ। कोरोना महामारीका कारण कतिपय गन्तव्य मुलुकले विदेशी कामदार नलिएको अवस्थामा नेपालका म्यानपावर तथा एजेन्टले भिजिट भिसामा गन्तव्य मुलुकमा पुर्‍याएर काम लगाइदिने प्रलोभन देखाउँदै ठगी गर्ने प्रवृत्ति बढेको हो। 

म्यानपावरकै मिलोमतोमा एजेन्टहरुले मलेसिया, कतार, साउदी, युएईलगायत मुलुकमा भिजिट भिसामा पुर्‍याएर अलपत्र पारेका घटना बाहिरिन थालेका छन्। त्यस्तै 'फ्री भिसा फ्री टिकट'को व्यवस्था भएका मुलुकमा पनि म्यानपावर र एजेन्टले आकर्षक काम र कमाइको प्रलोभनमा पारी प्रतिकामदार ४ लाखसम्म रकम असुली गरेको भेटिएको छ।

त्यस्तै एउटा कम्पनीको डिमान्ड देखाएर अर्को कम्पनीमा पुर्‍याउने, सप्लाई कम्पनीमा पठाएर श्रमिकहरुलाई दुःख दिनेजस्ता हर्कत म्यानपावर व्यवसायी तथा उनीहरुकै एजेन्टबाट हुने गरेको देखिएको छ। 

एउटै म्यानपावरले ठग्यो १२ करोडभन्दा बढी
संयुक्त अरब इमिरेट्स (युएई)मा आकर्षक रोजगारीको प्रलोभन देखाएर नयाँ बानेश्वरस्थित ओशो रिक्रुटिङ एजेन्सी प्रालिले महामारीकै बीच ४० भन्दा बढी युवालाई ठगी गरेको पाइएको छ। उनीहरूसँग प्रतिव्यक्ति ४ लाखसम्म ठगी गर्दा १२ करोडभन्दा बढी सोही म्यानपावरले मात्र ठगी गरेको भेटिएको हो।

ओशो म्यानपावरविरुद्ध वैदेशिक रोजगार विभागमा ४० भन्दा बढी युवाले उजुरी दिएको विभागले जनाएको छ। अधिकांश उजुरी आकर्षक काम र कमाइको प्रलोभनमा चर्को रकम असुल गरी सम्झौताभन्दा फरक काममा लगाइएका कारण स्वदेश फर्किएका युवाहरुले दिएका छन्। पारिश्रमिक तथा सेवासुविधा समेत म्यानपावरले देखाएको सम्झौताभन्दा फरक भएपछि युवाहरु फर्किएर म्यानपावर विरुद्ध उजुरी गरेका छन्। 

रकम लिन्छन्, दिँदैनन् प्रमाण 
वि.सं. २०७२ सालदेखि सरकारले मलेसियालगायत खाडीका देशहरू साउदी अरब, कतार, युएई, बहराइन र ओमानमा फ्री भिसा फ्रि टिकट प्रणाली लागू गरेको छ। यी मुलुकमा जाने कामदारसँग म्यानपावर कम्पनीले १० हजारभन्दा बढी सेवाशुल्क लिन पाउँदैनन्। तर सरकारले यो व्यवस्था लागू गरेको ५ वर्ष बितिसक्दा पनि म्यानपावर तथा एजेन्टले यी मुलुकमा रोजगारीका लागि जाने श्रमिकहरुसँग लाखौँ रकम असुल गरिरहेकै छन्।

म्यानपावरले नेपाली युवासँग लाखौं असुलेर १० हजारको नगदी रसिद मात्र थमाउने गरेका छन्। जसकारण पनि सरकारको फ्रि भिसा फ्रि टिकट व्यवस्था भएपनि कामदार ठग्ने प्रवृत्ति म्यानपावरले झनै तीव्र रूपमा बढाएका छन्। विभागमा उजुरी गर्नेहरुसँग पनि उनीहरुले बुझाएको भनेको रकम जतिको प्रमाण नहुने गरेको विभागका निर्देशक टिकामणि नेउपानेको भनाइ छ। 

‘लागत शुल्क यति भनेर सरकारले तोकिदिएको छ। म्यानपावरले सरकारले तोकेकोभन्दा बढी रकम असुल्दै गर्दा कसैले पनि विभागमा खबर गर्नुहुन्न,’ उनले भने, ‘त्यो बेला नै खबर गरे त हामी कारबाही गर्थ्यौं। त्यतिबेला म्यानपावरसँग मिलेर खुसुक्क पैसा बुझाउने अनि कुरा नमिल्दा बिनाप्रमाण विभाग आउने समस्या छ।’

Ncell 2
Ncell 2

पैसा असुल्छन् तर पुर्‍याउँदैनन् गन्तव्यमा
वैदेशिक रोजगारीका नाममा स्वदेशमै पैसा असुली गरी सम्पर्कविहीन बन्ने र विदेश पुर्‍याएर अलपत्र पार्ने प्रवृत्ति बढेको वैदेशिक रोजगार विभागका निर्देशक नेउपानेले बताए। 

‘कोरोना महामारीका बीच पनि विभागमा ठगीका उजुरीहरु आइरहेका छन्। खासगरी वैदेशिक रोजगारीमा पठाउँछु भनेर पैसा लिने तर नपठाउने र एउटा काम भनेर अर्को काममा पुर्‍याउने, भनेजस्तो सेवासुविधा तथा पारिश्रमिक नदिनेलगायतका उजुरीहरू विभागमा आइरहेका छन्,’ निर्देशक नेउपानेले नेपाल लाइभसँग भने।

म्यानपावर तथा एजेन्टहरुले श्रमिकहरुलाई नक्कली भिसा देखाएर रकम असुली गर्ने अनि विदेश उड्ने दिन पासपोर्टलगायत डकुमेन्ट उपलब्ध गराउने आश देखाएर काठमाडौंमै अलपत्र पार्ने गरेको भेटिएको हो। 

न्याय पाउनै कठिन 
युएईमा भनेजस्तो पारिश्रमिक तथा सेवासुविधा नभएपछि गोरखाका करिम मियाँ गएको केही महिनामै स्वदेश फर्किए। ओशो म्यानपावरलाई ३ लाख ४५ हजार बुझाएर युएईस्थित इमिरेट्स क्याव नामक ट्याक्सी कम्पनीमा चालक कामका लागि पुगेका उनले फर्किएर गत असारमा म्यानपावर कम्पनीविरुद्ध उजुरी दिएका छन्। सोही म्यानपावर कम्पनीमार्फत् ठगिएका आफूसहित ४१ जनाले विभागमा उजुरी दिएको उनले बताए। 

‘म्यानपावरले ५५ सय दिराम कमाइ हुन्छ भनेर सुनाएको थियो। तर त्यहाँ भनेजस्तो कमाइ केही थिएन। खान बस्न समस्या भएपछि घरबाट पैसा मगाएर फर्किएँ। फर्किएर उजुरी गरेको ४ महिना भइसक्यो‚ विभागमा धाउँदै ठिक्क छ। खै! न्याय पाएको छैन। म्यानपावर पनि हुन्छ भन्छ तर पैसा फिर्ता दिँदैन,’ मियाँले नेपाल लाइभसँग भने।

उनीहरूजस्ता वैदेशिक रोजगारीका क्रममा ठगिएका पिडितहरुलाई न्याय पाउन निकै कठिन हुने गरेको छ। खासगरी पीडितहरुसँग रकम बुझाएको प्रमाण नभएका कारण पनि क्षतिपूर्ति दिलाउन कठिन पर्ने विभागका निर्देशक नेउपाने बताउँछन्। 

विभागले पीडितहरुलाई न्याय दिलाउन सक्दो पहल गरिरहेको तर कतिपय अवस्थामा पीडितहरुसँग प्रमाण नहुँदा पनि क्षतिपूर्ति दिलाउन असहज हुने गरेको निर्देशक नेउपानेले उल्लेख गरे। यसमा युवाहरु सुरुमै सचेत हुनुपर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  ०६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा रोक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत... मंगलबार, भदौ ३१, २०८२
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ११८० जना बाकसमा फर्किए बिहीबार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले गत आवमा अघिल्लो वर्षको... बिहीबार, साउन १५, २०८२
श्रमिकको न्यूनतम ज्याला २२५० बढाउनुपर्ने, १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्युन्तम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिकक... बिहीबार, साउन १, २०८२
ताजा समाचारसबै
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्