• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

वैदेशिक रोजगारीमा ठगीको महामारी

१० हजार लिनुपर्ने ठाउँमा ४ लाख असुलेर बिचल्ली, एउटै म्यानपावरले ठग्यो १२ करोड
64x64
निर्मला घिमिरे सोमबार, मंसिर ८, २०७७  ०६:३३
1140x725
वैदेशिक रोजगारीका लागि गन्तव्य देश प्रस्थान गर्न लागेका नेपाली युवा। पछिल्लो समय वैदेशिक रोजगारीमा युवालाई ठग्ने क्रम बढे पनि सरकारले त्यसलाई नियन्त्रण गर्न सकेको छैन। फाइल तस्बिर

काठमाडौं- कोरोना महामारी जसरी नै वैदेशिक रोजगारीका नाममा श्रमिक ठगीको 'महामारी' फैलिएको छ। कोरोना महामारीका कारण कतिपय गन्तव्य मुलुकले विदेशी कामदार नलिएको अवस्थामा नेपालका म्यानपावर तथा एजेन्टले भिजिट भिसामा गन्तव्य मुलुकमा पुर्‍याएर काम लगाइदिने प्रलोभन देखाउँदै ठगी गर्ने प्रवृत्ति बढेको हो। 

म्यानपावरकै मिलोमतोमा एजेन्टहरुले मलेसिया, कतार, साउदी, युएईलगायत मुलुकमा भिजिट भिसामा पुर्‍याएर अलपत्र पारेका घटना बाहिरिन थालेका छन्। त्यस्तै 'फ्री भिसा फ्री टिकट'को व्यवस्था भएका मुलुकमा पनि म्यानपावर र एजेन्टले आकर्षक काम र कमाइको प्रलोभनमा पारी प्रतिकामदार ४ लाखसम्म रकम असुली गरेको भेटिएको छ।

त्यस्तै एउटा कम्पनीको डिमान्ड देखाएर अर्को कम्पनीमा पुर्‍याउने, सप्लाई कम्पनीमा पठाएर श्रमिकहरुलाई दुःख दिनेजस्ता हर्कत म्यानपावर व्यवसायी तथा उनीहरुकै एजेन्टबाट हुने गरेको देखिएको छ। 

एउटै म्यानपावरले ठग्यो १२ करोडभन्दा बढी
संयुक्त अरब इमिरेट्स (युएई)मा आकर्षक रोजगारीको प्रलोभन देखाएर नयाँ बानेश्वरस्थित ओशो रिक्रुटिङ एजेन्सी प्रालिले महामारीकै बीच ४० भन्दा बढी युवालाई ठगी गरेको पाइएको छ। उनीहरूसँग प्रतिव्यक्ति ४ लाखसम्म ठगी गर्दा १२ करोडभन्दा बढी सोही म्यानपावरले मात्र ठगी गरेको भेटिएको हो।

ओशो म्यानपावरविरुद्ध वैदेशिक रोजगार विभागमा ४० भन्दा बढी युवाले उजुरी दिएको विभागले जनाएको छ। अधिकांश उजुरी आकर्षक काम र कमाइको प्रलोभनमा चर्को रकम असुल गरी सम्झौताभन्दा फरक काममा लगाइएका कारण स्वदेश फर्किएका युवाहरुले दिएका छन्। पारिश्रमिक तथा सेवासुविधा समेत म्यानपावरले देखाएको सम्झौताभन्दा फरक भएपछि युवाहरु फर्किएर म्यानपावर विरुद्ध उजुरी गरेका छन्। 

रकम लिन्छन्, दिँदैनन् प्रमाण 
वि.सं. २०७२ सालदेखि सरकारले मलेसियालगायत खाडीका देशहरू साउदी अरब, कतार, युएई, बहराइन र ओमानमा फ्री भिसा फ्रि टिकट प्रणाली लागू गरेको छ। यी मुलुकमा जाने कामदारसँग म्यानपावर कम्पनीले १० हजारभन्दा बढी सेवाशुल्क लिन पाउँदैनन्। तर सरकारले यो व्यवस्था लागू गरेको ५ वर्ष बितिसक्दा पनि म्यानपावर तथा एजेन्टले यी मुलुकमा रोजगारीका लागि जाने श्रमिकहरुसँग लाखौँ रकम असुल गरिरहेकै छन्।

म्यानपावरले नेपाली युवासँग लाखौं असुलेर १० हजारको नगदी रसिद मात्र थमाउने गरेका छन्। जसकारण पनि सरकारको फ्रि भिसा फ्रि टिकट व्यवस्था भएपनि कामदार ठग्ने प्रवृत्ति म्यानपावरले झनै तीव्र रूपमा बढाएका छन्। विभागमा उजुरी गर्नेहरुसँग पनि उनीहरुले बुझाएको भनेको रकम जतिको प्रमाण नहुने गरेको विभागका निर्देशक टिकामणि नेउपानेको भनाइ छ। 

‘लागत शुल्क यति भनेर सरकारले तोकिदिएको छ। म्यानपावरले सरकारले तोकेकोभन्दा बढी रकम असुल्दै गर्दा कसैले पनि विभागमा खबर गर्नुहुन्न,’ उनले भने, ‘त्यो बेला नै खबर गरे त हामी कारबाही गर्थ्यौं। त्यतिबेला म्यानपावरसँग मिलेर खुसुक्क पैसा बुझाउने अनि कुरा नमिल्दा बिनाप्रमाण विभाग आउने समस्या छ।’

Ncell 2
Ncell 2
nimb
nimb

पैसा असुल्छन् तर पुर्‍याउँदैनन् गन्तव्यमा
वैदेशिक रोजगारीका नाममा स्वदेशमै पैसा असुली गरी सम्पर्कविहीन बन्ने र विदेश पुर्‍याएर अलपत्र पार्ने प्रवृत्ति बढेको वैदेशिक रोजगार विभागका निर्देशक नेउपानेले बताए। 

‘कोरोना महामारीका बीच पनि विभागमा ठगीका उजुरीहरु आइरहेका छन्। खासगरी वैदेशिक रोजगारीमा पठाउँछु भनेर पैसा लिने तर नपठाउने र एउटा काम भनेर अर्को काममा पुर्‍याउने, भनेजस्तो सेवासुविधा तथा पारिश्रमिक नदिनेलगायतका उजुरीहरू विभागमा आइरहेका छन्,’ निर्देशक नेउपानेले नेपाल लाइभसँग भने।

म्यानपावर तथा एजेन्टहरुले श्रमिकहरुलाई नक्कली भिसा देखाएर रकम असुली गर्ने अनि विदेश उड्ने दिन पासपोर्टलगायत डकुमेन्ट उपलब्ध गराउने आश देखाएर काठमाडौंमै अलपत्र पार्ने गरेको भेटिएको हो। 

न्याय पाउनै कठिन 
युएईमा भनेजस्तो पारिश्रमिक तथा सेवासुविधा नभएपछि गोरखाका करिम मियाँ गएको केही महिनामै स्वदेश फर्किए। ओशो म्यानपावरलाई ३ लाख ४५ हजार बुझाएर युएईस्थित इमिरेट्स क्याव नामक ट्याक्सी कम्पनीमा चालक कामका लागि पुगेका उनले फर्किएर गत असारमा म्यानपावर कम्पनीविरुद्ध उजुरी दिएका छन्। सोही म्यानपावर कम्पनीमार्फत् ठगिएका आफूसहित ४१ जनाले विभागमा उजुरी दिएको उनले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘म्यानपावरले ५५ सय दिराम कमाइ हुन्छ भनेर सुनाएको थियो। तर त्यहाँ भनेजस्तो कमाइ केही थिएन। खान बस्न समस्या भएपछि घरबाट पैसा मगाएर फर्किएँ। फर्किएर उजुरी गरेको ४ महिना भइसक्यो‚ विभागमा धाउँदै ठिक्क छ। खै! न्याय पाएको छैन। म्यानपावर पनि हुन्छ भन्छ तर पैसा फिर्ता दिँदैन,’ मियाँले नेपाल लाइभसँग भने।

उनीहरूजस्ता वैदेशिक रोजगारीका क्रममा ठगिएका पिडितहरुलाई न्याय पाउन निकै कठिन हुने गरेको छ। खासगरी पीडितहरुसँग रकम बुझाएको प्रमाण नभएका कारण पनि क्षतिपूर्ति दिलाउन कठिन पर्ने विभागका निर्देशक नेउपाने बताउँछन्। 

विभागले पीडितहरुलाई न्याय दिलाउन सक्दो पहल गरिरहेको तर कतिपय अवस्थामा पीडितहरुसँग प्रमाण नहुँदा पनि क्षतिपूर्ति दिलाउन असहज हुने गरेको निर्देशक नेउपानेले उल्लेख गरे। यसमा युवाहरु सुरुमै सचेत हुनुपर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  ०६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्