काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनालाई कोरोना संक्रमण देखिएको छ। 
देशभर १ हजार ६६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख २० हजार ३०८ पुगेको छ। २४ घण्टामा ५ हजार ६९९ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।  
आज देशभर १९ हजार ९६३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म १ हजार ३२१ जनाको मृत्यु भइसकेको छ।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।