वीरगञ्ज– असोज २ गते सम्पन्न स्थानीय तहको चुनावको मत गणना अझै चलिरहेको छ। वीरगञ्ज महानगरपालिकामा ७२१३३ मतगणना हुँदा संघीय समाजवादी फोरमका मेयर उम्मेदवार विजय सरावगीले एक हजारभन्दा बढीको अग्रता लिएका छन्।
उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार शान्ति कार्कीले अग्रता लिएकी छिन्।
वीरगञ्ज महानगरपालिकाको पछिल्लो अपडेट हेर्नुहोस्ः
मेयर / उपमेयर
संघीय समाजवादी फोरम:- विजय सरावगी १६६५० / पिङ्की यादव १५८३३
नेपाली कांग्रेस:- अजय द्विवेदी १५३६१ / शान्ति कार्की १७७१९
राजपा - राजेशमान सिंह १००८५ / रम्भा मिश्रा ८८०२
एमाले:- बसरुद्दिन अन्सारी ७५७० / सोफिया आचार्य ९१३८
माओवादी:- रहबर अन्सारी ७५७१ / दुर्गा क्षेत्री ४६२१
फोरम लोक्तान्त्रिक:- विमल श्रीवास्तव ६९९० / रिङ्कु देवी यादव ५९८२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।