• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कर्नरिङ गरेर बजार बढाउँदै ठूला लगानीकर्ता, मुकदर्शक नियामक निकाय 

64x64
नेपाल लाइभ शनिबार, मंसिर ६, २०७७  १०:३६
1140x725

काठमाडौं–दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये थोरै शेयर सप्लाइ भएका कम्पनीको शेयरलाई कर्नरिङ गर्दै केही लगानीकर्ताले दोस्रो बजार अप्राकृतिक रुपमा बढाउन थालेका छन्। केही समूह तथा ठूला लगानीकर्ताले कर्नरिङ गरेर बजार सुधार गर्दा पनि नियामक निकाय नेपाल धितोपत्र बोर्ड मूकदर्शक बनेर बसेको छ।  

बजारमा धेरै गिरावट तथा तीव्र उछाल हुँदा नियामक निकाय सम्बेदनशील हुनुपर्छ। बजारलाई प्राकृतिक रुपमा अगाडि बढाउनु पर्नेमा यसभित्रका चलखेललाई भने निगरानी गर्न सकेको छैन। 

कोभिड–१९ ले अर्थतन्त्र कमजोर बन्दा सूचीकृत कम्पनीको आम्दानी तथा नाफामा भारी गिरावट आइरहेको छ। तर नोक्सानमा गएका कम्पनीको शेयर मूल्यमा भने दिनदिनै सर्किट लागिरहेको छ। सूचीकृत तीन वटै होटल नोक्सानमा छन्। स्वदेशी तथा विदेशी पर्यटक आउन नसक्दा होटलले नोक्सान बेहोरिरहेका छन्। त्यस्तै साल्ट ट्रेडिङ, विशाल बजारजस्ता कम्पनीको मूल्यमा पनि अस्वाभाविक सुधार भइरहेको छ। 

तर राम्रो नाफा गरेका तथा भोलिका दिनमा लाभांश वितरण गर्न सक्ने हैसियत भएका वाणिज्य तथा विकास बैंकको शेयर मूल्य घटिरहेका छन्। यसको प्रमुख कारण केही ठूला तथा संस्थागत लगानीकर्ताको कर्नरिङ भएको बजार विश्लेषक प्रकाश तिवारी बताउछन्। थोरै पुँजी भएका कम्पनीको शेयरमा कर्नरिङ गरेर दिनदिनै बजार बढाउने काम हुँदा पनि नियामक निकाय मूकदर्शक बनेर बसेको उनले आरोप लगाए। 

सूचीकृत जुनसुकै कम्पनीमा अस्वाभाविक रुपमा उछाल आएपछि नियामक निकायले नजिकबाट नियाल्नु पर्ने हुन्छ। ती कम्पनीको शेयर मूल्य किन बढिरहेको छ, कसले चलखेल गरिरहेको छ भनेर नियामक निकायले अनुगमन गरेर रोक्नु पर्नेमा बजार सुधार भएको भन्दै रमाइरहेको विश्लेषकहरु बताउछन्। 

अहिले दोस्रो बजारमा ठूला लगानीकर्तालाई एक–दुई अर्बको कम्पनीमा चलखेल गर्न खासै गाह्रो पर्दैन। केही ठूला लगानीकर्ता र सामूहिक लगानीकर्ता मिलेर यस्ता कम्पनीलाई सजिलै म्यानिपुलेट गर्न सक्छन्। बैंक वित्तीय संस्था तथा बिमाबाहेक अरु कम्पनीले निष्काशन गर्ने न्युनतम शेयरमा कुनै बाध्यात्मक व्यवस्था छैन। त्यसैले गर्दा पुँजी १०/२० प्रतिशतमात्रै सर्वसाधारणका लागि जारी गर्ने र त्यही थोरै शेयर पुँजीमा चलखेल गरेर बजार उचाल्ने काम पछिल्लो समय तीव्र गतिमा भइरहेको छ। 

नेपाल धितोपत्र बोर्डले पछिल्लो समय उत्पादनमुलक कम्पनीलाई दोस्रो बजारमा आकर्षित गर्न चुक्ता पुँजीको १० प्रतिशतमात्रै भए पनि जारी गर्न सक्ने व्यवस्था गरेको छ। यसै व्यवस्थाअन्तर्गत पछिल्लो समय शिवम सिमेन्ट आयो। कम्पनीले १० प्रतिशतमात्रै शेयर जारी गरेकोले दोस्रो बजारमा थोरैमात्रै शेयर रहेको छ। त्यसमा पनि प्राथमिक शेयर खरिद गरेका अधिकांश लगानीकर्ताले बिक्री गरेका छैनन्। बजारमा थोरै मात्रै शेयर हुँदा खेलाडीलाई कर्नरिङ गर्न सजिलो भएको हो। 

त्यस्तै दुई अर्बका जीवन बिमा कम्पनी, एक अर्बका निर्जीवन बिमा कम्पनी, २ देखि एक अर्बभित्रका माइक्रोफाइनान्सको शेयरमा कर्नरिङ गर्न ठूला लगानीकर्ता सफल भएका छन्। त्यसैले सबैभन्दा धेरै हिस्सा ओगटेको वाणिज्य बैंकको शेयर मूल्यमा खासै सुधार नहुँदा पनि तीन महिनाको अवधिमा शेयर बजार ४ सय अंकभन्दा धेरैले सुधार भइसकेको छ। जबकि वाणिज्य बैंकको सूचक जम्मा १४२ अंकले मात्रै सुधार भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यस अवधिमा कुनै पनि कम्पनीको शेयर मूल्य बढ्नु पर्ने सद्धान्तिक कारण छैन। कोभिडका कारण कतिपय कम्पनी नोक्सानमा गएका छन्। कम्पनीहरुले लाभांश वितरणलाई प्राथमिकता दिएका छैनन्। उनीहरुको व्यापार व्यवसाय घटिरहेको छ। तर लामो समयदेखि बन्द विशाल बजारको शेयरमा दिन दिनै सर्किट लाग्नु पर्ने कुनै कारण नै छैन। एक वर्ष अगाडि एक हजारभन्दा कममा कारोबार भइरहेको साल्ट ट्रेडिङको शेयर मूल्य ७ हजार २०० रुपैयाँ पुग्नु पर्ने कुनै आधार नै छैन। 

यसको प्रमुख कारण भनेको केही ठूला खेलाडी र संस्थागत लगानीकर्ताको कर्नरिङ नै हो। यसरी कर्नरिङ गरेर कम्पनीको मूल्य बढाउदा केही समय त लगानीकर्तालाई पोर्टफोलियो हेरेर आनन्द त आउछ। तर यस्ता कम्पनीले आफ्नो वास्तविक रुप देखाउन थाल्छन्। अनि २र४ प्रतिशतले कमाउछन् र ९५ प्रतिशतले गुमाउछन्। त्यस्ता कम्पनीको शेयर केही समूहले मिलेर उठाउछन्। शेयर उठाउन थाले पनि साना लगानीकर्ताहरु बढ्न थाल्यो भनेर किन्न थाल्छन्। तर यस अवधिमा ठूला लगानीकर्ताले सस्तोमा शेयर उठाइसकेका हुन्छन्। यही समुहले सामाजिक सञ्जाल फेसबुक, भाइबरमार्फत् हल्ला मच्चाउछन्। यही हल्लाको पछि लागेर नयाँ, सोझा, तथा केही बचत भएका लगानीकर्ताहरु किन्न थाल्छन्। 

उनीहरुले महंगोमा बिक्री गरिसकेका हुन्छन्। बजार माथि पु¥याउन थोरै–थोरै गरेर आफैंले किन्ने र बेच्ने गरेर माथि पु¥याएका हुन्छन्। जब धेरैमा माग आउन थाल्छ, उनीहरु विस्तारै विस्तारै गरेर बाहिरिन थाल्छन्। यति भइसक्दा दुई चार प्रतिशतले अकुत कमाएर बाहिरिन्छन्। बाँकी लगानीकर्ता आत्तिएर बेच्न थाल्छन् र दिनदिनै गुमाउन पुग्छन्। यस्तो अवस्थामा ४र५ प्रतिशत बाठा लगानीकर्ताले मात्रै कमाउछन्, बाँकीले गुमाउछन्। 

नियामक नियकाले मार्केट डेप्थमा गएर नियमित निगरानी मात्रै गर्ने हो भने पनि कर्नरिङ कसरी भइरहेको छ भनेर अनुगमन गर्न सक्छ। भर्चुअल अर्डरलाई मात्रै रोक्न सक्यो भने बजारमा अस्वाभाविक सुधार केही हदसम्म रोकिन्छ। केही ठूला लगानीकर्ताहरु मिलेर आफैले किन्ने, आफैले बेचेर मूल्य बढाइरहेका हुन्छन्। यस्तो काममा सामाजिक सञ्जाल बढी प्रयोग भइरहेको विश्लेषकहरु बताउछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो अवस्थामा नियामक निकायले केहि नीतिहरु बनाउन सक्नु पर्ने विश्लेषक तिवारी बताउछन्। धितोपत्र बोर्डको सबैलाई १० कित्ता बाँड्ने पोलिसी नै गलत भएको उनी बताउछन्। प्राथमिक शेयर १० कित्ता बाँडफाँड गर्दा बजारमा सप्लाइ रोकिन्छ। प्राथमिक बजारका अधिकांश लगानीकर्ता दोस्रो बजारमा छैनन्। ५० प्रतिशतभन्दा धेरै प्राथमिक शेयरधनीले शेयर बिक्री गर्दैनन्। यसले गर्दा सप्लाइ कम हुन्छ। एउटै कम्पनीका लाखौ लगानीकर्ता हुन्छन्। त्यसैले गर्दा कर्नरिङ रोक्ने एउटा उपाय १० कित्ते प्रथा हटाउनु पर्ने तिवारीको सुझाव छ। 

अर्कोतर्फ अहिलेसम्मको इतिहासमा ‘इन्साइड ट्रेडिङ’ को विषयलाई लिएर नेपाल धितोपत्र बोर्डले कारबाही गरेको एउटा पनि उदाहरण छैन। तर बजारमा यस्तो कारोबार धेरै हुन्छ। यसले पनि नियामक निकाय कमजोर रहेको पुष्टि गर्छ। नियामक निकाय कमजोर भएको ठाँउमा कर्नरिङ गर्नु कुनै ठुलो कुरा हुँदैन। 


 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  १०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकमा पर्याप्त तरलता, रेमिट्यान्स र ऊर्जा उपलब्ध भएपनि त्यसलाई उत्पादनशील लगा... बिहीबार, असोज २९, २०८३
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्