• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

हुम्लामा कोरोना संक्रमण : तलबाट विद्यार्थी जाँदा सँगै कोरोना गएको आशंका

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ५, २०७७  १७:४१
1140x725

हुम्ला- हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको यालवाङस्थित एक छात्रावासमा कोरोना फैलिएपछि अहिले त्यसको स्रोतको खोजी सुरु भएको छ। 

छात्रावासका ११ देखि १८ वर्षसम्मका ५४ जना बच्चा र उक्त क्षेत्रका दुई जनामा संक्रमण पुष्टि भएको थियो। एक्कासी यत्रो संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि अहिले यसको स्रोत खोजि भइरहेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए। एउटै विद्यालयमा यत्रो संख्यामा कोरोना संक्रमित देखिएपछि  अहिले  जिल्लाभरि सबै शैक्षिक संस्था बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरेर विद्यालयहरु बन्द गरेको छ। यो चीनको तिब्बतसँग जोडिएको छ। 

एउटा स्थानीय शिशुकक्षामा पढ्ने गरेका १९ जनासहित होस्टलमा बस्ने अधिकांश विद्यार्थीहरुमा संक्रमण पुष्टि भएको थियो। 

उनका अनुसार विद्यार्थी र छात्रावास सञ्चालकसहित ५६ जनामा कोभिड–१९ पुष्टि भएको हो।  

कसरी फैलियो एक्कासी कोरोना ?
कोरोना भाइरस देखिएका सबै बालबालिका हिमालयन चिल्ड्रेन सोसाइटीले सञ्चालन गर्दै आएको आवासीय छात्रावासमा बस्दै आएका बालबालिका भएको अध्यक्ष लामाले बताए। 

‘हाम्रो प्रारम्भिक अनुमानमा तलबाट आएका विद्यार्थीबाटै संक्रमण तीव्र रुपमा फैलिएको हो‚’ अध्यक्ष लामाले भने‚ ‘त्यसअघि हुम्लामा विद्यालयमा वा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको थिएन।’ 

महाबौद्ध माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरु बाजुरा, हुम्ला, डोल्पा, मुगु तथा काठमाडौका रहेका उनले बताए। 

कतिपय विद्यार्थीहरू हवाईमार्गबाट आएको थिए भने कतिपय बाजुरा हुँदै पैदल आएका थिए। जहाजबाट आएकाको परीक्षण भएको तर हिँडेर आएकाको परीक्षण नहुदाँ संक्रमण फैलिएको अनुमान प्रारम्भिक रुपमा गरिएको छ तर यो सत्य नहुन सक्ने पनि उनको तर्क छ।  

Ncell 2
Ncell 2
nimb
nimb

विद्यालयका सबै ५२५ जनामा एन्टीजेन प्रविधिबाट परीक्षण गर्दा ५६ जनामा पोजेटिभ देखिएपछि पशुपन्छी प्रयोगशाला सुर्खेतमा पुनः परीक्षण गरिएको थियो। शुरुमा चार जनाको परिक्षण गर्दा तीन जनाको पोजेटिभ आएको थियो। उक्त होस्टेलका दुई जनामा लक्षण देखिएपछि आफ्नै खर्चले हेलिकप्टरबाट काठमाडौं आएको अध्यक्ष लामाले बताए। उनीहरुको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।  

कहिले खुलेका थिए विद्यालय 
हुम्लामा अब हिउँ पर्ने सिजन सुरु हुने र विद्यालयहरु सञ्चालन गर्न नसकिने भएकाले परिक्षा सञ्चालनका लागि  कार्तिक १४ गतेबाट विद्यालयहरू खुलेका थिए।

मङ्सिर महिनादेखि हिउँ पर्ने भएकाले पठनपाठन गर्न नसकिने भएकाले वार्षिक परीक्षा सकेर फागुनसम्म लागि विद्यालय बन्द गर्ने खोलिएको अध्यक्ष लामाले बताए। 

के छ विद्यार्थीको अवस्था? 
संक्रमित भएका विद्यार्थीहरुलाई दुई स्थानमा आइसोलेसन गरिएको अध्यक्ष लामाले जानकारी दिए। उनीहरु रहेको होस्टल र एउटा गुम्बामा राखेर उनीहरुको रेखदेख भइरहेको लामाले बताए। अहिले विद्यार्थीलाई टाउँको दुख्नेजस्ता सामान्य लक्षणहरु मात्र रहेकाले कुनै समस्या नभएको तर श्वास प्रश्वासमा समस्या भएमा भने अप्ठारो पर्न सक्ने बताए। अहिले उनीहरुको उचित निगरानी र स्वास्थ्य अवस्थाको परीक्षण र अन्य कार्य भइरहेको उनले बताए। जिल्ला स्वास्थ्य कार्यालय र नगरले मिलेर उनीहरुको अवस्था ख्याल गरिरहेको उनले बताए। 

Xtrem

Xtrem

यसरी देखियो कोरोना संक्रमण 
कार्तिक ३० गते एक जना र मङ्सिर १ गते अर्को एक गरी हिमालयन चिल्ड्रेन सोसाइटीका दुई सञ्चालकलाई श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना परीक्षण गरिएको थियो। उनीहरुको पोजेटिभ आएको स्वास्थ्यमा समस्या देखिएपछि  हेलिकप्टर चार्टर गरेर काठमाडौ पठाइएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए। उनीहरुमा संक्रमण देखिएपछि विद्यार्थीमा परिक्षण गरिएको थियो। शुरुमा थोरै विद्यार्थीमा गरिएको र उनीहरुको पोजेटिभ आएपछि कन्ट्याक्ट ट्रेसिङ बढाउदै अन्यको परिक्षण गरिएको थियो। परिक्षणपछि नेगेटिभ आएको तर सम्र्पकमा भएका व्यक्तिलाई होम आइसोलेन र पोजेटिभ आएकालाई होस्टेल र गुम्बाको आइसोलेसनमा राखिएको  लामाले बताए। 

ठूलो सख्यामा संक्रमितहरू फेला परेपछि उनीहरूमा स्वास्थ्यसम्बन्धी समस्या देखिएमा गाउँपालिकामा अक्सिजन र आइसियू तथा भेन्टिलेटरको व्यवस्था नभएको हुनाले के गर्ने भनेर अधिकारीहरू चिन्तित देखिएका छन्। 

गाउँपालिकामा एक्लैले केही गर्न नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको अध्यक्ष लामाको भनाइ छ। सक्रमित विद्यार्थीहरू विभिन्न वडाका भएकाले उनीहरूको भेटेका मानसिको पहिचान गर्न स्वास्थ्यकर्मीहरूको एउटा टोली गाउँपालिकाले परिचालन गरेको छ। हालसम्म हुम्लामा एक जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्