काठमाडौं- नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालाई ७ थान भेन्टिलेटर हस्तान्तरण गरेको छ। बिहीबार रेडक्रसले ती भेन्टिलेटर मन्त्रालयमा पुगेर हस्तान्तरण गरेको हो।
नेपाल रेडक्रस सोसाइटीको कार्यवाहक अध्यक्ष शर्मिला कार्कीले मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेकी थिइन्। गम्भीर अवस्थाका कोरोना संक्रमितको उपचार गर्न भेन्टिलेटर आवश्यक हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।