काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ। बुधबार दिउँसो उनीहरूबीच भेटवार्ता भएको हो।
प्रधानसेनापति थापा र राजदूत क्वात्राबीच दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ।
नेपाली सेनाले भेटलाई नियमित भएको बताएको छ। भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले विश्वास रहेको बताइएको छ।
भेटमा भएका थप विषय सार्वजनिक गरिएको छैन। हालै भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको महारथी पदवी दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।