काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा १ लाख ८२ हजार ७ सय ८० जना संक्रमित उपचारपछि निको भएका छन्। नेपालमा १६ लाख २३ हजार ७ सय ५४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ९१० जना क्वारेन्टाइनमा छन्।
नेपालमा २८ हजार ८ सय ७६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। संक्रिय संक्रमितमध्ये २६ हजार ४ सय २१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। बाँकी विभिन्न स्थानका संस्थागत आइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ७ सय ९० जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश १ मा ४ हजार ३ सय ४३, प्रदेश २ मा ६५६, लुम्बिनी प्रदेशमा १८९६, सुदूरपश्चिम प्रदेशमा ९८५, गण्डकी प्रदेशमा १८५७ र कर्णाली प्रदेशमा १९४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।