काठमाडौं- देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८० सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३ सय २६ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ११९ जना आइसियू र २९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५५ जना आइसियू र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४९ जना आइसियू र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० आइसियू र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ५ आइसियूमा, गण्डकी प्रदेशमा ७९ आइसियू र १२ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियू उपचाररत रहेका छन्।
यसभन्दा अघि मंगलबार ३ सय ५६ जना मानिस आइसियू र भेन्टिलेरमा उपचारत रहेका थिए।
नेपालमा २ लाख १२ हजार ९ सय १७ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये १ लाख ८२ हजार ७ सय ८० जना निको भएर घर फर्किसकेका छन् भने १ हजार २ सय ४७ जनाको मृत्यू भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।