काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र १६८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
२४ घण्टामा नेपालमा १ हजार ४४२ भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा सोमबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपालमा हालसम्म १६ लाख २३ हजार ७५४ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ९१० रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये २८ हजार ८७८ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।