रसुवा– रसुवाको सदरमुकाम धुन्चेस्थित ब्राबलको जंगलमा भीषण डढेलो लागेको छ।
लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने जंगलमा साढे एक घन्टा अगाडिदेखि डढेलो लागेको र निभाउने प्रयास भइरहेको लाङटाङ राष्ट्रिय निकुञ्जका रेन्जर रमेश बस्नेतले बताए।
निकुञ्ज, नेपाली सेनाको कालीजंग गण र हरित युवा पर्यटन विकास 8का गरी एक सयभन्दा बढीले आगो निभाउने प्रयास गरिरहेका छन्। हावा तीव्र रुपमा चलेका कारण आगो निभाउन कठिन भइरहेको रेन्जर बस्नेतले बताए।
उनका अनुसार, थप क्षति हुन नदिन फायर फाइटिङका सामग्रीसहित आगो निभाउने प्रयास भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।