काठमाडौं- मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेका लागि बोलाएको बैठक २ बजेलाई सारिएको हो।
मन्त्रिपरिषद् बैठक २ बजे बस्ने भनेर नयाँ सूचना पाएको एक मन्त्रीले जानकारी दिए।
यसअघि बुधबार दिउँसो १ बजे बैठक बस्ने भनेर मंगलबार राति नै मन्त्रीहरुलाई सूचना पठाइएको थियो। सो समयमा नेकपाको सचिवालय बैठक बस्ने भनेर गत शुक्रबारको सचिवालय बैठकले नै समय निर्धारण गरेको थियो।
यसैबीच, सचिवालय बैठक पूर्वनिर्धारित कार्यक्रम अनुसार बस्ने भएको छ। गत शुक्रबार बसेको सचिवालय बैठकले बुधबार (आज) दिउँसो १ बजेका लागि बैठकको समय निर्धारण गरेको थियो।
‘हामो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्वनिर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ’, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्विटरमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।