काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले बैठकबाटै पार्टी विवादको समाधान खोजिनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले आज तय भएको सचिवालय बैठक स्थगित गर्न प्रयास गरिरहेका बेला नेता रावलले बैठकबाटै समाधान खोजिनुपर्ने बताएका हुन्।
उनले नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान भएको बताएका छन्।
आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले भनेका छन्, ‘फुट र विभाजनजस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।