काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ।
वैशाख २८ गते नेपाल भ्रमणमा आउन लागेका प्रधानमन्त्री मोदीलाई महानगरपालिकाले अपराह्न २ः४५ बजे अभिनन्दन गर्ने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए।
ढकालका अनुसार अभिनन्दनपूर्व महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भारतीय प्रधानमन्त्रीलाई महानगरको कलात्मक साँचो पनि हस्तान्तरण गर्नेछन्।
साँचो हस्तान्तरणको अर्थ ‘विशिष्ट अतिथिका लागि महानगर खुला छ’ भन्ने हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।