काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०१ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ३७३, भक्तपुरमा ४४ र ललितपुरमा ८४ जना थप संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
अब काठमाडौं जिल्लामा कुल संक्रमितको संख्या ७८ हजार ६५०, भक्तपुरमा ७ हजार १३० र ललितपुरमा ११ हजार ३७९ जना संक्रमित पुगेका छन्।
हालसम्म काठमाडौंमा ३०१ जना, भक्तपुरमा ७६ जना र ललितपुरमा ८६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न स्थानका संस्थागत तथा होम आइसोलेसनमा रहेका उनीहरू संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। योसँगै नेपालमा १ लाख ७६ हजार ३६४ जना निको भएका छन्।
नेपालमा आज थप १ हजार १९७ भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा हालसम्म १६ लाख १३ हजार ९११ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा १ हजार १३ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ३३ हजार ३ सय ७९ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १२३० पुगेको छ।
हाल देशभर ३१० जना आइसियूमा उपचाररत छन् भने ४४ जना भेन्टिलेटरमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।