लन्डन- बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सेल्फ आइसोलेसनमा बसेका छन्। टोरी पार्टीका सांसद् ली एन्डरसनलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री जोन्सन सेल्फ आइसोलेसनमा बसेका हुन्।
गत मंगलबार प्रधानमन्त्री जोन्सनले एन्डरसनसँग करिक ३५ मिनेट भेटवार्ता गरेका थिए। बुधबार स्वाद थाहा नपाउने लक्षण देखिएपछि उनले बुधबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।
सेल्फ आइसोलेसनमा आफूलाई कुनै समस्या नरहेको प्रधानमन्त्री जोन्सनले जानकारी दिएका छन्। उनमा कुनै पनि लक्षण देखिएको छैन। उनले आफू १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्ने जानकारी दिएका छन्।
यसअघि कोरोना संक्रमण भएर गम्भीर भएका प्रधानमन्त्री जोन्सन केही समयअघि निको भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।