• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बेपत्ता आफन्त फर्कने आशमा छन् परिवार, चाडपर्वले बल्झाइदिन्छ पीडा

64x64
नेपाल लाइभ सोमबार, मंसिर १, २०७७  १४:४९
1140x725

काठमाडौं- रोक्ने अनेकौँ प्रयासका बावजुद पनि उनका गहभरि आँसु टलपलाइरहे। हर्षका नभई ती उनका दुःख, वेदनाका आँसु थिए। आफ्नै दुःख-सुखसँग रमाउने कोसिस गरिरहेका श्रीमानलाई घरैबाट बेपत्ता पारिदिएपछि चितवन माडीकी मोहनकला आचार्य २० वर्षदेखि  बेचैनपूर्ण जिन्दगी बाँचिरहेकी छन्। ऊ बेलाको त्यो कहालीलाग्दो क्षण सम्झेर ल्याउँदा उनका आँखामा आँसु छचल्किन्छन्। 

आफ्ना प्रिय श्रीमान्‌लाई न उनले बिर्सन सकेकी छन्, न पाउन नै। सबैभन्दा धेरै याद उनलाई चाडपर्वमा आउँछ। दशैं र तिहारजस्ता चाडमा त आउँदै पो छन् कि भनेझैं हुन्छ। अरुको परिबारमा बाबुसँग छोरा छोरी रमाएको देख्दा टुप्लुक आइपुग्यो हुन्थ्यो जस्तो लाग्छ।  तर यसरी उनले हरेक चाडमा आँखा बाटामा चिहाएको धेरै भयो न त लास भेटिन्छ न त आश नै मरेको छ।  

देशमा चलिरहको सशस्त्र द्वन्द्व उत्कर्षतिर पुग्नै लाग्दा श्रीमान् कृष्णप्रसाद आचार्यलाई घरबाटै बेपत्ता पारियो। उनको बेपत्ता पार्नेबारे अहिलेसम्म मोहनकलाले केही भेउ पाउन सकेकी छैनन्।  

बेपत्ता श्रीमान् पाउने आसैआसमा चितवनदेखि काठमाडौंसम्म पटपटक बेचैनपूर्ण यात्रा नापिसकेकी छन्, मोहनकलाले। नरा जुलुस धर्ना , विरोध प्रर्दशन उनको बलवुताले भ्याउनेजति सवै गरिसकिन तर विडम्वना सरकारले केही गरेन। केही महिनाभित्र वेपत्ताहरुको अवस्था सार्बजनिक गर्ने शान्ति सम्झौता भएको पनि दशकौ विते तर मोहनकलाजस्ताले जानकारी पाएका छैनन्।  

मोहनकलाजस्तै वेदना र  दुखको पाहाड भोगेकी चितवन पद्मापुरकी लीलादेवी भण्डारी (लोप्चन) पनि हुन। उनले पनि राज्य संयन्त्र परिवर्तन गर्न र जनताको सत्ता ल्याउने भनी चलाइएको सशस्त्र द्वन्द्वमा श्रीमान वेपत्ता भोग्नु प¥र्यो। हरेक दशै र तिहारमा श्रीमान आउछन भन्ने आझै लाग्दैन उनलाई। ‘अघि पछि नभएपछि कता कता मनको कुन्तरमा दशैंका टिका लगाउन र तिहारमा सयपत्री लगाउँछन आउँछन कि भन्ने आस बाँकी नै रहन्छ ’ उनले भनिन्‚ ‘न मृत्यु न लास न त श्वास नै भएको दुई दशक भइसक्यो आस मर्दा मर्दै पनि चाडपर्वमा धेरै याद आउँछ।’

यसरी नै यस्तै यादमा आजसम्म उनी परिवार धानेर बसेकी छन। उनले श्रीमानको अवस्था पत्ता पाउन गरेको दुख झन हजार पाहाड छन। हरेक पटक काठमाडौ आउदेदेखि सदरमुकार नेतै पिच्छे श्रीमान वेपत्ता भन्दा भन्दा उनी आफै थाकिसकेकी छन।  

संघीय सरकार बसेको काठमाडौं खाल्डोले न्याय देला या नदेला? उनीहरुसँग बाँकी भनेको आशा मात्रै छ। तर भरोसा छैन। 

फर्किएनन्, सेनाले लगेका श्यामबहादुर
रातको करिब १२ बजे। चूक घोप्ट्याएको रातमा लीलादेवीका श्रीमान् श्यामबहादुर लोप्चनलाई खोज्दै दुई व्यक्ति आए। आफ्नै नाम काढेर मध्यरातमा अपरिचित मान्छे आएपछि सुतिसकेका श्यामबहादुर उठे। 

Ncell 2
Ncell 2
nimb
nimb

ती दुई रहेछन्, नेपाली सेनाको देवीदत्त गणका मेजर मनमोहन वाइबा र प्रितम राणा। आफूसँगै हिँड्न भनेपछि श्यामबहादुर मध्यरातमै उनीहरुको पछि लागेर गए। लीलादेवी पनि श्रीमान्कै साथ जान खोजिन्। तर, उनीहरुले रोके।

२०५९ भदौको मध्यरात घरबाट लगिएका श्यामबहादुर १६ वर्ष बितिसक्दा पनि घर फिरेका छैनन्। सेनाका मान्छेले श्रीमान् लग्नेबित्तिकै त्यो खबर सुनाउन उनी नजिकैको माइती गाउँ पुगेकी थिइन्। त्यहाँबाट पनि सेनाले अरु ६ जनालाई लगेको रहेछ। माइती पक्षले अरुलाई पनि लगेको भन्दै उनलाई सान्त्वना दिन खोजे। 

उनले धेरैतिर श्रीमान्को खोजबिन गरिन्। सेनाको ब्यारेक गएर सोध्दा उनलाई भनियो, ‘तिम्रा मान्छे यहाँ छैनन्, खोज्न नआउनू।’ 

केही दिनपछि नजिकैको गाउँमा ६ जनाको हत्या भएको खबर फैलियो। उनले श्रीमान् पनि त्यही घानमा परेको आशंका गरिन् र त्यहाँ पुगिन्। ’लास लिन गए गोली हान्ने धम्की आएपछि म डराएँ,’ उनी भन्छिन्, ’संकटकालको बेला थियो, अरु पनि हच्किए। चित्त नबुझेपछि एक मध्यरात एक्लै जान खोजेको थिएँ तर रोकियो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घटनाको एक वर्षपछि जिल्लाका केही पत्रकार र मानवअधिकारकर्मीका साथ लागेर घटनास्थल पुगिन्। तर, त्यहाँ कपडाका टुक्राबाहेक केही पनि पाइनन्।

हत्या गरिएका भनिएका ६ जना को थिए? त्यसमा उनका श्रीमान् थिए वा थिएनन्? लीलादेवीलाई केही अत्तोपत्तो लागेन। 

श्रीमान् गाडी चलाउँथे। धेरै वर्ष अरुको गाडी चलाएपछि आफ्नै चलाउन थालेको केही वर्ष मात्रै भएको थियो। 

’सेनाले लिएर बेपत्ता नै पार्नु पर्ने के दोष थियो उनको?’ माओवादीको आरोपमा लगिएको भन्दै उनले सुनाइन्, ‘सेनाका मान्छेले कहिले चोरीसिकारीमा, कहिले दोहोरो भिडन्तमा मरेको भने।’

त्यसपछि कहिल्यै फर्किएनन् पदमप्रसाद
सामान्य किसान थिए, पदमप्रसाद अधिकारी। घरमै बसिरहेका बेला २१ फागुन २०५८ मा नचिनेका मान्छे आएर उनलाई लिएर गए। १७ वर्ष भयो सीतादेवीले श्रीमान् आउने आशामा कुरेर बसेको। तर, पदमप्रसाद अहिलेसम्म फर्किएका छैनन्।

को थिए, पदमप्रसादलाई लिएर जाने?

मान्छे नचिने पनि ती राज्यकै मान्छे थिए भन्ने लाग्छ, सीतादेवीलाई। ‘माओवादीका मान्छे आएर जबरजस्ती खाना खुवाउन भन्थे,’ उनको अड्कल छ, ‘एक(दुईपटक खान पकाएर उनीहरुलाई खुवाएकी थिएँ, त्यही निहुँमा माओवादी भनेर उहाँलाई लगेको जस्तो लाग्छ।’

१८ वर्षदेखि बेपत्ता कृष्णप्रसाद
नेपाली सेनामा थिए, कृष्णप्रसाद आचार्य। सशस्त्र द्वन्द्व बढ्दै गएपछि उनी सेनाको जागिर छाडेर घरमै बस्न थालेका थिए। पाँच(छ वर्ष सेनामा काम गरेका उनले जागिर छाडेको तीन वर्ष भएको थियो। अपरिचत मान्छे आएर जागिर लगाइदिने भन्दै कृष्णप्रसादलाई लगेर गएका थिए। ‘पहिले सेनामा काम गरेको मान्छे, राम्रो जागिर पाइन्छ भन्दै लिएर गए,’ मोहनकला सम्झन्छिन्, ‘माओवादीले लिएर गएको भन्ने हल्ला चल्यो तर कसले लगेर गयो भन्ने ठ्याक्कै थाहा छैन।’

भूपु सेना भएकाले कृष्णप्रसादलाई  माओवादीले आफ्नो सेनामा लगेर गएको गाउँलेको आशंका छ। मोहनकलालाई पनि त्यस्तै लाग्छ। तर, मान्छे किटान गर्न नसक्दा उनलाई अप्ठ्यारो भएको छ। ‘माओवादीलाई सोध्दा प्रमाण के छ भन्छन्?’ उनी सुनाउँछिन्, ‘मैले के प्रमाण ल्याएर दिने? मेरो श्रीमान् मसँग नहुनु प्रमाण होइन र?’ 

१६ पुस २०५७ को घटना थियो त्यो। कृष्णप्रसाद बेपत्ता भएपछि मोहनकलाको परिवारै छिन्नभिन्न भयो। छोरा बेत्ता भएका वेदनाले कृष्णकी आमा बितिन्। उनका बुवाले अर्की श्रीमती ल्याए। कान्छी श्रीमतीलाई सम्पत्ति दिनुपर्ने दबाब परेपछि कृष्णका बुवा घर छाडेर प्युठान, स्वर्गद्वारीको आश्रममा लामो समय बसे। 

परिवारमा सुख, शान्ति नभएपछि मोहनकला पनि पाँच(छ बर्ष माइतीमै गएर बसिन्। 

पाएनन् राहत
आफ्नो श्रीमान्को लाससम्म पनि नपाएका उनीहरुमध्ये सीतादेवी र मोहनकलाले द्वन्द्वपीडितले पाउनुपर्ने राहातसम्म पाएका छैनन्। लीलादेवीका हकमा भने जसोतसो राहतस्वरुप २०६९ मा १० लाख पाएकी थिइन्। तर, त्यसले आफ्नो परिवार धान्न नै धौधौ हुने लीलादेवी बताउँछिन्। 

उनका दुई छोरा र दुई छोरी छन्। ‘श्रीमान्को खोजीमा लाग्दा मैले दुई कट्ठा जमिन बेच्नुप¥यो,’ उनको गुनासो छ, ‘छोराछोरी छन्, उनीहरुलाई पढाउनुपर्यो। लालनपालन गर्नुपर्यो। आयआर्जनको स्रोत नभएपछि कसरी गुजारा चलाउने?’

राहतका रुपमा सीतादेवी र मोहनकलाले भने एक रुपैयाँ पनि पाएका छैनन्। उनीहरुले राहत पाइन्छ भन्नेसम्म थाहा पाएनन् र त्यसको प्रक्रियामा जाने भेउ पाएनन्।

उनले २०७३ मा मात्रै स्थानीय शान्ति समितिमा श्रीमान् बेपत्ता पारिएको उजुरी दिइन्। द्वन्द्वकालमा बेपत्ता पारिएकाको छानबिन  गर्न बनेको आयोगले बल्ल उनका श्रीमान् बेपत्ताको सूचीमा दर्ता भएका छन्। 

सीतादेवीले २०७१ मा मात्रै राहत पाइनेबारे थाहा पाइन। ‘राहतका नाममा अहिलेसम्म एक रुपैयाँ पनि पाइएको छैन,’ उनी भन्छिन्, ‘राहत पाइन्छ भन्ने पछि मात्रै थाहा भयो। कसैले भनेनन् पनि।’ उनका तीन छोरी छन्। श्रीमान् पदमप्रसाद बेपत्ता पारिएपछि छोरीको पालनपोषणमा निकै अप्ठ्यारो परेको उनको अनुभव छ। 

उता मोहनकलाको अवस्था पनि त्यस्तै छ। धेरै समय घरबाहिरै रहेकी उनलाई श्रीमान्को खोजी कसरी गर्ने भन्ने थाहासम्म पाइनन् र सिकाउने पनि कोही भएन। ‘त्यतिबेला केही पनि थाहा भएन,’ उनले सुनाइन, ‘उजुरी दिनलाई मसँग खासै डकुमेन्ट पनि थिएनन्। बुवाले नै उहाँको नागरिकता लगायतका सबै काजपत्र लिएर जानुभएको थियो।’उनले २०७३ मा मात्रै स्थानीय शान्ति समितिमा श्रीमान् बेपत्ता पारिएको उजुरी दिइन्। द्वन्द्वकालमा बेपत्ता पारिएकाको छानबिन  गर्न बनेको आयोगले बल्ल उनका श्रीमान् बेपत्ताको सूचीमा दर्ता भएका छन्। 

स्थानीय शान्ति समितिमा दिएका कागजात राहतका लागि पर्याप्त नभएपछि उनीहरु अहिले बाँकी कागजात बुझाउन काठमाडौं आएका हुन्। ‘राहतका लागि गृह मन्त्रालयमा गाउँपालिकाको सिफारिस लगाएका डकुमेन्ट बुझाएका छौं,’ सीतादेवीले भनिन्, ‘डकुमेन्ट राख्नुभएको छ। राहात दिने–नदिने अझै थाहा भएन।’
राहत लिने प्रक्रियाबारे धेरै नजानेका उनीहरुलाई लीलादेवीले सहयोग गरिरहेकी छिन्। 

‘सरकारले नै पालोस् हामीलाई’
लीलादेवीका श्रीमान्लाई सकारले बेपत्ताको सूचीमा राखेकै ६ चार वर्ष भइसक्यो। तर, उनको खोजी गर्ने कुरामा भने केही प्रगति भएको छैन। बेत्तपा छानबिन आयोगले चितवन गएर केही सोधपुछ गर्नेबाहेक अहिलेसम्म काम नगरेको उनको भनाइ छ।  सीतादेवी र मोहनकलाको घरमा पनि आयोगका कर्मचारी गएर उनीहरुसँग सोधपुछ गर्नेबाहेक थप प्रक्रिया चालेका छैनन्।

राज्यले आफूहरुको जिम्मा लिनुपर्ने उनको माग छ। उनको भनाइ छ, ‘हाम्रो जिम्मा सरकारले लेओस्, सरकारले नै पालनपोषण गरोस्।’

एकातिर श्रीमान् बेपत्ता पारिएको समय बढ्दै जानु, अर्कोतिर राजनीतिक दल, सरकार र छानबिन गर्न बनेका आयोगले काम नगरेपछि न्याय नपाइने हो कि भन्ने भयले उनीहरुलाई सताइरहेको छ। राज्यप्रतिको भरोसा घट्दै गए पनि दोषीले सजाय पाउनुपर्छ भन्ने कुरामा उनीहरु अहिले पनि अडिग छन्। ‘उहाँ (श्रीमान्) लाई लिएर जाने मान्छेलाई कारबाही हुनुपर्छ,’ लीलादेवीको माग छ, ‘केही दिन भए पनि थुन्नुपर्छ। त्यति मात्रै भए पनि मन सन्तोष हुन्थ्यो।’ 

राज्यले आफूहरुको जिम्मा लिनुपर्ने उनको माग छ। उनको भनाइ छ, ‘हाम्रो जिम्मा सरकारले लेओस्, सरकारले नै पालनपोषण गरोस्।’

सीतादेवी दोषीलाई एक घन्टा भए पनि थुनाए मात्र आफ्नो मनले शान्ति पाउने बताउँछिन्। ‘उहाँलाई कसले लगेर गयो?’  अरुलाई दिएको राहत आफूहरुले पनि पाउनुपर्ने माग गर्दै उनी न्याय नपाएसम्म चुप लागेर नबस्ने अठोट व्यक्त गर्छिन्, ‘न्याय पाइन्छ होला भन्ने लाग्दैन। तर, नपाएसम्म चुप लागेर बस्दैनौं।’

मोहनकला पनि आफ्ना श्रीमान्लाई बेपत्ताको सूचीमा राख्नुपर्ने, राहत दिनुपर्ने र दोषीलाइ कारबाही हुनुपर्ने माग सरकारलाई सुनाउन चाहन्छिन्। दसैतिहार र चाडपर्वले उनलाई रमाइलो दिँदैन, बरु घाउ बल्झाइदिन्छ, पीडा थपिदिन्छ। 

-नेपाल लाइभ अर्काइभबाट

प्रकाशित मिति: सोमबार, मंसिर १, २०७७  १४:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
एनपीएलमा आज दुई खेल, काे काे भिड्दै छन् ?
परराष्ट्रमन्त्री खनालले भेटे संयुक्त राष्ट्रसंघका महासचिव, गुटेरेससँग के भयो कुराकानी ?
सम्बन्धित सामग्री
को हुन् ? के गरे ? किन मनाइन्छ फाल्गुनन्द जयन्ती ? महागुरुको सम्मानमा हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती पर्व, चैत २२ गते स्मृति दिवस र वैशाख २४ गते समाज सुधार दिवससमेत मनाउने गरिएको... बुधबार, कात्तिक २५, २०८३
सेलरोटीको स्वादमा नेपाली संस्कृति जोगाउने प्रयास भोजनलिपि अभियानले सेलरोटीलाई प्रतियोगितामा सीमित नराखी यसको बनाउने विधि, सामग्री, स्वाद र सांस्कृतिक महत्त्वको अध्ययन तथा अभिलेखीकरण... बुधबार, कात्तिक २५, २०८३
दाजुभाइ विदेशमा छन, भाइटीका स्मृतिमा आफ्नो भाइबाहेक काका वा ठूलोबुवाका छोराहरूलाई टीका लगाउने चलन पनि उनीहरूको परिवारमा छैन । सबैका आ–आफ्नै दिदीबहिनी भएकाले अरूलाई टीका... मंगलबार, कात्तिक २४, २०८३
ताजा समाचारसबै
हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना शुक्रबार, कात्तिक २७, २०८३
एनपीएलमा आज दुई खेल, काे काे भिड्दै छन् ? शुक्रबार, कात्तिक २७, २०८३
परराष्ट्रमन्त्री खनालले भेटे संयुक्त राष्ट्रसंघका महासचिव, गुटेरेससँग के भयो कुराकानी ? बिहीबार, कात्तिक २६, २०८३
कर्णालीलाई पराजित गर्दै लुम्बिनी प्लेअफमा बिहीबार, कात्तिक २६, २०८३
ह्याट्रिकपछि सन्दीपको प्रतिक्रिया : टिमको जित नै सबैभन्दा महत्वपूर्ण बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
बनेपामा भएको बस दुर्घटनामा को को परे ? २५ घाइतेको अवस्था के छ ? बिहीबार, कात्तिक २६, २०८३
यात्रुवाहक बस ठोक्किँदा २० जना घाइते बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्