बाबियाचौर– मालिका गाउँपालिका–७ बिमको खाराका आगलागी पीडित एक परिवारलाई घर हस्तान्तरण गरिएको छ।
गत फागुनमा आगलागीबाट घर जलेर ध्वस्त भएपछि बिचल्लीमा परेका चन्द्रबहादुर दमाईंलाई बिमको हिराजीत स्मृति युवा क्लबको पहलमा निर्माण भएको घर शनिबार हस्तान्तरण गरिएको हो।
वडाध्यक्ष रेशम जुक्जालीको संयोजकत्वमा स्थानीयवासी तथा प्रवासीबाट सहयोग र श्रमदान जुटाएर विपन्न समुदायका दमाईंका परिवारलाई एक कोठे घर उपलब्ध गराइएको हो।
घर निर्माणका लागि १ लाख ५३ हजार ३ सय ९७ संकलन भएकामा १ लाख १३ हजार ६ सय ७५ खर्च भइ बचत भएको ३९ हजार ७ सय २२ क्लबको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।