बैतडी– नेपाल पत्रकार महासंघ प्रदेश ७ को निर्वाचनबाट अध्यक्षमा अर्जुन शाह निर्वाचित भएका छन्।
शाहले ३ सय ७९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी हरि जोशीले २ सय ६२ मत प्राप्त गरे।
बैतडीमा ४५ मत खसेकामा शाहले ३२ तथा जोशीले १३ मत प्राप्त गरे। दार्चुलामा ३९ मत खसेकामा शाहले ९ र जोशीले ११ मत प्राप्त गरे भने १९ मत बदर भएका छन्।
डडेल्धुरामा शाहले २४ तथा जोशीले ३५, बझाङमा ३७ मत शाहले तथा ४ मत जोशीले र डोटीमा शाहले १८ तथा जोशीले २२ मत प्राप्त गरेका छन्।
अछाममा शाहले ५३ तथा जोशीले २७ मत प्राप्त गरे। बाजुरामा २७ मत शाहले प्राप्त गर्दा जोशीले १८ मत मात्रै जुटाउन सके। कैलालीमा १ सय मत शाहले प्राप्त गर्दा जोशीको पक्षमा ४३ मतमात्रै खसेको थियो। कञ्चनपुरमा शाहले ७९ र जोशीले ८९ मत प्राप्त गरे।
प्रदेश ७ मा अरु पदका लागि भने प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको सहमतिमा निर्विरोध गराइएको थियो।
अध्यक्ष पदका लागिमात्रै भएको निर्वाचनमा दुबै प्रेस चौतारीका उम्मेदवार हरि जोशी र अर्जुन शाहबीच प्रतिस्पर्धा भएको हो। प्रेस चौतारी नेपाल, प्रेस युनियन र प्रेस सेन्टर तीनवटै संगठनले देशभरका सबै प्रदेश, उपत्यका र एसोसिएट कमिटीमा भागवण्डा गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।