काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा मन्त्री वर्षमान पुन 'अनन्त'ले पार्टीमा हुने अन्तरविरोधबाट कोही आत्तिने वा मात्तिने गर्न नहुने बताएका छन्।
पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्तावले नयाँ बहसको सुरुवात भएको भन्दै उनले पार्टी भनेको जमेको पोखरी जस्तो नभइ हिमालबाट बग्ने तीव्र बेगको नदि जस्तो भएको बताएका छन्।
'पार्टीमा हुने छलफल, बहस, अन्तविरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवं कार्यकर्ताको जिम्मेवारी हुनसक्दैन', शनिबार फेसबुकमा उनले लेखेका छन्।
पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्ताबले नयाँ बहस को सुरुवात भएकोछ/ पार्टी भनेको जमेको पोखरी जस्तो होइन, हिमालबाट...
Posted by Pun Barshaman 'Ananta' on Friday, November 13, 2020
उनले पार्टी एकताको रक्षा तथा जनताको अपेक्षालाई आत्मसात गर्दै बिना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा विधि, पद्धति र राजनीतिक संस्कारको विकास गर्न सबै नेताहरुमा अनुरोध गरेका छन्।
शनिबारै बिहान नेता शंकर पोखरेल तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले गरिरहेको लेखेका थिए।
'म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु', पोखरेलले फेसबुकमा लेखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।