• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

जो महाकवि देवकोटालाई ‘देउता’ मान्छन् [भिडियोसहित]

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २९, २०७७  १३:०६
1140x725

​काठमाडौं- दार्जिलिङको परिवेश। हरेक दसैंमा त्यहाँको नेपालीभाषी समुदायमा बेग्लै माहाेल छाउँथ्यो। कारण थियो, नेपाली साहित्यका तीन हस्तीहरु लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम दसैंका बेला त्यहाँ आयोजना हुने साहित्य सम्मेलनको पाहुना बन्थे। 

तीन–चार दिनसम्म चल्ने साहित्यिक गोष्ठी र भाषणले भाषा र साहित्यप्रेमीहरु चमत्कृत हुन्थे। यस्तै चमत्कृत हुनेमा तारानाथ शर्मा पनि थिए, जो उतिबेला दार्जिलिङ तथा खर्साङमा बसेर पढ्दै थिए। साहित्य सम्मेलनमा सहभागी हुने मौका उनी कसैगरी छाड्दैनथे। 

तारानाथ विगतका धेरै कुरा राम्ररी सम्झिन सक्दैनन्। तर, महाकविसँग भेटेको त्यो प्रसंग भने उनको दिमागमा अझै सुरक्षित छ।

त्यो बेला उनी खर्साङमा कक्षा १० मा पढ्दै थिए। कताकताबाट उनले दार्जिलिङमा लेखनाथ, देवकोटा र सम आएको थाहा पाए। क्रिश्चियन फादरहरुले चलाएको स्कुलबाट कार्यक्रममा निस्किन अनुमति पाउनु गाह्रै थियो। उनले एउटा जुक्ति निकाले, ‘झुटशास्त्र’ नै अपनाए।

‘गाउँबाट बिरामी भएर आएका एक बूढा मान्छेलाई डाक्टरकहाँ देखाउन लग्यो भनेर भन्दिनू है भनेर एउटा साथीलाई अह्राएँ’, त्यतिबेलाकाे घटना सम्झिँदै उनी पुलकित भए। लेखकहरुसँग भेट्ने हुटहुटी कस्तो भने, उनी बिहान ५ बजे नै खर्साङबाट ट्रेन चढेर दार्जिलिङ हान्निए।

एकाबिहानै दार्जिलिङ टेकेका उनले लेखकहरु बसेको घर पत्ता लगाए। त्यहाँ पुग्दा घर सुनसान थियो। यत्तिका ठूला लेखक आउँदा पनि चरोमुसो छैन ! कोही आएका होइनन् कि क्या हो भनेर निराश पनि भए।

तर, घरको छेउमा पुग्दा माथिल्लो तलामा मान्छेहरुको कल्याङमल्याङ सुनेपछि भने बल्ल आस पलायो। यत्तिकैमा माथिबाट एउटा मान्छे भर्‍याङमा बङ्बङ् आवाज पार्दै ओर्लियो।

उनी थिए ‘भीम बूढा’ भनेर चिनिने दार्जिलिङको गभर्नेन्ट हाइस्कुलको हेडमास्टर, सूर्यविक्रम ज्ञवाली।

Ncell 2
Ncell 2
nimb
nimb

उनी केटाकेटीलाई उति मन नपराउने, कराइहाल्ने अलि कडा मिजासका थिए। ‘त्यो मान्छेलाई त्यहाँ देख्ने बित्तिकै मलाई बोर लाग्यो’, नाक खुम्च्याउँदै तारानाथ सम्झिन्छन्।

नभन्दै सूर्यविक्रम कड्किहाले, ‘ओइ, एकाबिहानै कहाँ हिँडेको हँ?’

लल्याकलुलुक परेर तारानाथ बोले, ‘यहाँ कविशिरोमणि र महाकविहरु पाल्नुभएको छ रे। महाकविको दर्शन गर्न आएको।’ 

‘धत्, हुँदैन अहिले! हाम्रो प्रोग्राम छ, सूर्योदय हेर्न टाइगर हिल जाने। तिमी जाऊ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दार्जिलिङमा हुने साहित्यिक कार्यक्रममा प्रायः उनी नै सभापति हुने भएकाले उनको अदब बेग्लै थियो।

तारानाथ त्यो दिन सम्झिन्छन्, ‘भीम बूढा त्यसरी जंगिरहँदा माथिबाट देउता जस्तै सललल बग्दै एउटा मान्छे आए। उनले मधुरो आवाजमा सोधे– कसले कसलाई खोजेको?’  

उनले प्रत्युत्तर दिए, ‘मैले महाकविलाई खोजेको। उहाँको दर्शन गर्न आएको।’

अगाडि थिए महाकवि देवकोटा। ‘आहा बाबू’ भन्दै सामुन्नेमा आए। तारानाथले ‘दर्शन’ शब्द प्रयोग गरेकाले महाकविले ठम्याइहाले, ‘तपाईं त दार्जिलिङको होइन।’

उनले आफू नेपालकै भएको भन्दै परिचय दिएपछि महाकविले गम्लंग अंकमाल गरे। तारानाथले खल्तीमा सानो डायरी बोकेका थिए। त्यसमा केही लेख्दिऊँ भनेर महाकविले सोधे।

‘मैले त खोजेकै त्यही थियो’, तारानाथ दंग परे। 

सूर्यविक्रम ‘देवकोटाजी के गरिरहनुहुन्छ तपाईं ? अरु सबै तयार भइसके, छिटो गर्नुस्’ भनेर तातो लगाउँदै थिए।

महाकवि भने माथिबाट दाँत माझ्न झरेका थिए। उनको हातमा ब्रस थियो। भुइँमा लोटा राखेका थिए। तारानाथले लोटाको पानी खन्याइदिएर मुख कुल्ला गराए।

त्यसपछि महाकविले उनको डायरीमा लेखिदिए– 
‘कविता सविता मेरी लविता लविला भनेँ
त्यसैको प्रेमले जल्दै आगो–आँसु दुवै बनेँ
लक्ष्मीप्रसाद देवकोटा, १४ मे १९५२’

यति लेखेर देवकोटाले सुझाव पनि दिए, ‘बाबू पनि पत्रपत्रिकामा लेख्नुहुँदो रहेछ। तर, कविता चाहिँ नलेख्नू है। यसले भित्रभित्रै पोल्छ। मलाई डढाइसक्यो। मलाई हेर्नुस् बहुला बनाएर राँची पठाए। ६ महिनासम्म म बहुला भएँ।’ 

साहित्य सम्मेलनका क्रममा देवकोटाले कलेजमा भाषण गरेका थिए।  

‘बाफ रे बाफ ! हाम्रा महाकविले अंग्रेजीमा बोल्दा कलकत्ताबाट आएका जम्मै बंगाली र प्रोफेसरहरु कति राम्रो बोलेको भनेर छक्क परेका थिए’, तारानाथ खितखिताउँदै सुनाउँछन्।

​एकसुरका महाकवि, देउता देवकोटा

तारानाथले पछि दार्जिलिङमै सेन्ट जोसेफ कलेजमा पढ्न थालेपछि त हरेक वर्षको साहित्यिक कार्यक्रम पानी–पँधेरो नै भयो। त्यस क्रममा उनी देवकोटाको भाषण कलाबाट मोहित भएका थिए। 

एक पटक महाकवि दार्जिलिङको चोक–बजारमा भाषण गरिरहेका थिए। कार्यक्रमका सभापति सूर्यविक्रम नै थिए। बोल्दै गरेका देवकोटाको मुखमा उनले रुमालले छोपिदिए।

‘हामी सबै जना छक्क पर्‍यौं। के गरेको यो ? महाकविले के गल्ती गर्नुभयो र यस्तो गरेको ?’ तारानाथ त्यो दिनमा फर्किए।

यत्तिकैमा सूर्यविक्रमले माइक खोसेर बोले, ‘यो दार्जिलिङको मौसमले हाम्रो महाकविलाई सहन सकेन। हामी सबै यति माया र श्रद्धा गर्छौं उहाँलाई, तर चिसोले उहाँको नाक बग्यो। त्यही भएर मैले पुछिदिएको।’

तर, त्यसबारे देवकोटालाई पत्तै थिएन। कुनै काममा लाग्दा एकसुरमा लाग्थे। रुमाल झिकिसकेपछि तुरुन्तै उनी बोल्न थाले, ‘रोम वाज बर्निङ एन्ड निरो वाज फिड्लिङ।’

तारानाथ त्यसबेलाको सन्दर्भ खुलाउँछन्, ‘नेपालमा कठोर शासनका कारण जनताले दुःख पाइरहेका छन्, तर राणाहरु चाहिँ मोज गरिरहेका छन् भनेर महाकविले व्याख्या गरे।’

महाकविको एकसुरा बानी इलामको करफोकको कार्यक्रमको बेला पनि देखिएको तारानाथ सम्झिन्छन्।

महाकवि खाना खान बसेका थिए। थालमा खाना सकिइसकेको थियो। तर, उनी हातमा गाँस लिए जस्तै एकोहोरो मुखमा लगिरहेका थिए।

अब जाऊँ चुठ्न भनेपछि मात्र छक्क परेर महाकवि उठेका थिए।

महाकविसँग जोडिएका अनेकथरी प्रसंग सुन्ने र पढ्ने नयाँ पुस्तालाई हरेक कुरा किंवदन्ती जस्तो लाग्छ। कतिपय घटनाको साक्षी नै रहेका तारानाथ नै भन्छन्, ‘म आफैंलाई त ती कुरा किंवदन्ती लाग्छ।’

देवकोटाको रचनाले पारेको प्रभावबारे सोध्दा उनी महाकविलाई देउतासरह नै मान्ने बताउँछन्। देवकोटासहित लेखनाथ र समलाई उनी त्रिदेव मान्छन्। ‘उहाँहरुलाई नेपाली साहित्यका त्रिदेव भन्ने मै हो। साहित्यमा लाग्न उहाँहरुको प्रेरणा छ मलाई। उहाँहरुका कृतिहरु साह्रै मन पर्छ’, स्रष्टाभित्रको पाठक तारानाथ बोल्छन्।

काठमाडौं बस्न थालेपछि उनको लेखनाथ र समको घरमै आउजाउ हुन थाल्यो। एमए गरेपछि उनले समसँग नियमित सम्पर्कमा रहेर समालोचनाको पुस्तक ‘सम र समका कृति’ नै लेखे। तर, देवकोटालाई त्यसरी घरमै भेट्ने मेसो जुरेन। 

त्यो ऐतिहासिक फोटो

महाकवि देवकोटासहितको एउटा सामूहिक फोटोले नेपाली साहित्यमा आकर्षण बोकेको छ। जसमा तारानाथले भन्ने गरेको त्रिदेव नै देखिन्छन्। त्यो फोटो ६ दशकअघि दार्जिलिङको दास स्टुडियोमा खिचिएको हो।

सामूहिक फोटो खिच्ने संयोग कसरी जुर्‍यो त?

तारानाथ दार्जिलिङमा नौ कक्षा पढ्दै गर्दा उनको गृहजिल्ला इलामको करफोकमा करफोक विद्या मन्दिरले साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । आफ्नै ठाउँको कार्यक्रममा उनी नपुग्ने कुरै भएन । त्यहाँ कार्यक्रम सकिएपछि फोटो खिच्ने कुरा भयो । तर, करफोकमा त्यसबेला फोटोग्राफर र स्टुडियो नै थिएन।

‘देवीप्रसाद किसानले सबै व्यवस्था मिलाए र गाडीमा हामीलाई दार्जिलिङ पुर्‍याए । यो फोटो त्यहीँ दास स्टुडियोमा खिचियो’, तारानाथले फोटो–कथा बताए।

फोटोमा नेपाली साहित्यका महारथीसँगै, शहीद परिवार र तारानाथका सहपाठी वीरेन्द्र खुँजेली, हरिनाथ बाँस्तोलासम्म देखिन्छन्। 

फोटोमा महाकवि देवकोटा, लेखनाथ पौड्याल, बालकृष्ण सम, शंकर लामिछाने, धरणीधर कोइराला, ईश्वर बराल, सूर्यविक्रम ज्ञवाली, पटनाबाट अंग्रेजीमा फस्ट क्लास फस्ट एमए गर्ने रामप्रसाद मानन्धर, शहीद शुक्रराज शास्त्रीकी बहिनी चन्द्रकान्ता, लेखनाथकी छोरी पुण्यप्रभादेवी ढुंगाना छन्। अगाडि बसेका बालक मानन्धरका छोरा गौतम हुन्। 

सम्मेलनमा सहभागी भएकामध्ये पारसमणि प्रधान र महानन्द सापकोटा भने फोटोमा छुटेको तारानाथ बताउँछन्। 

करफोकको कार्यक्रममा उनले महाकविलाई देखे मात्र, चिनजान गर्ने मौका पाएनन् । तर, त्यो भेट पनि पहिलो नभएको उनी बताउँछन्।

पहिलो चोटि उनले महाकविलाई कहिले र कहाँ देखेका थिए त?

‘यो त घामलाई कहिले देखिस् भन्या जस्तो पो कुरा भयो’, यति भनेर उनी परिचित शैलीमा खितखित हाँसे।

​(नेपाल लाइभ अर्काइभबाट)

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  १३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतीय र अमेरिकी दूतावासले दिए छठ पर्वको शुभकामना
‘नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छ’ : नारायणप्रसाद दाहाल
हास्य कलाकार मनोज गजुरेलले मागे माफी
सम्बन्धित सामग्री
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म देवकोटाजी यस्ता थिए, उस्ता थिए भनेर अनेक अफवाह फैलाइएको पाइन्छ। तलब थापेको दिन बाटोमा बाँड्दै हिँड्थे, आफ्नो कोट नै फुकालेर गरिबलाई... आइतबार, कात्तिक २२, २०८३
यस्ता थिए महाकवि पुष्करको भनाइ थियो, पण्डितहरुसँग कुरा भएर लेख्न बसेको हुनाले वार्णिक छन्दमै त्यो लेखिनुपर्थ्यो। तर, देवकोटाले वार्णिक र मात्रिक छन्द... आइतबार, कात्तिक २२, २०८३
जो महाकवि देवकोटालाई ‘देउता’ मान्छन् [भिडियोसहित] देवकोटाको रचनाले पारेको प्रभावबारे सोध्दा उनी महाकविलाई देउतासरह नै मान्ने बताउँछन्। देवकोटासहित लेखनाथ र समलाई उनी त्रिदेव मान्छन्। आइतबार, कात्तिक २२, २०८३
ताजा समाचारसबै
भारतीय र अमेरिकी दूतावासले दिए छठ पर्वको शुभकामना आइतबार, कात्तिक २९, २०८३
‘नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छ’ : नारायणप्रसाद दाहाल आइतबार, कात्तिक २९, २०८३
हास्य कलाकार मनोज गजुरेलले मागे माफी आइतबार, कात्तिक २९, २०८३
सेतो हेरोइन बोकेर विमानस्थलमा ओर्लिएका भारतीय नागरिक पक्राउ आइतबार, कात्तिक २९, २०८३
कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
ट्याक्टरसँग ठोक्किएको मोटरसाइकल चालकको मृत्यु शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्