• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत २३, २०८२ Mon, Apr 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

यस्ता थिए महाकवि

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २९, २०७७  ०९:२२
1140x725

​समयः २००० साल
स्थानः त्रिचन्द्र कलेजको घन्टाघरस्थित नेपाल भाषानुवाद परिषद्को कार्यालय।

जहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको लेखन सहयोगीका रुपमा मासिक १५ रुपियाँ तलब थाप्थे, श्यामदास वैष्णव । एक दिन कार्यालयमै हल्लीखल्ली भएछ, परिषद्का अध्यक्ष पुष्कर शमशेर राणा र देवकोटाबीच केही कुरालाई लिएर मतभेद भयो र देवकोटा जागिर छाडेर गए।

यसले श्यामदासलाई ठूलो तनाव भयो । नहोस् पनि किन ! वास्तवमा उनी देवकोटाकै सिफारिसमा जागिर खान त्यहाँ पुगेका थिए । त्यसैले उनलाई यो हल्ला स्वादिलो लाग्ने कुरै भएन । उनी कुरा बुझ्न तुरुन्तै देवकोटाको डिल्लीबजारस्थित घरमा हानिए । आखिर भएको रहेछ के? 

७३ वर्षअगाडिको त्यो घटना श्यामदासको दिमागमा अहिले पनि आलै छ । खासमा उनीहरुबीच शाकुन्तल महाकाव्यको छन्दलाई लिएर मतभेद भएको रहेछ। 
त्यतिबेला शाकुन्तलको उठान थियोः

तिमी त नास्तिक बनिसकेछौ
खुलस्त आत्मा नबन्न सक्छौ।

पुष्करको भनाइ थियो, पण्डितहरुसँग कुरा भएर लेख्न बसेको हुनाले वार्णिक छन्दमै त्यो लेखिनुपर्थ्यो । तर, देवकोटाले वार्णिक र मात्रिक छन्दलाई मिलाएर तीन महिनाभित्रै शाकुन्तजस्तो उत्कृष्ट महाकाब्यको रचना गरिसककेका रहेछन्। 

पुष्करको अडानप्रति देवकोटाले तत्कालै कुनै प्रतिक्रिया जनाएनन् । तर, उनले त्यो महाकाव्य पुष्करका भाइ बालकृष्ण समलाई पनि देखाए। 

देवकोटाको पहिल्यैदेखिको बानी थियो, आफूले लेखेको साहित्य सबैलाई देखाउने । तर, यति बेला समलाई त्यो महाकाव्य देखाउनु उनका लागि तीतो अनुभव बन्यो । समले दाजुकै अगाडि देवकोटाको तारिफ गर्दै भनेछन्, ‘बडो राम्रो छ।’

nimb
nimb
Ncell 2
Ncell 2

पुष्करलाई लागेछ, आफू केही नबोल्ने। भाइलाई भनेर आफ्नो तेजोबध गराउने। उनले देवकोटालाई त्यहीँ हपारेछन्, ‘बाजे! मैले हुन्न भन्दाभन्दै भाइका अगाडि मेरो मानमर्दन गर्न खोज्ने?’

देवकोटा यस्ता कुरामा हतपती प्रतिक्रिया जनाउँदैनथे । तर, उनलाई पुष्करले उच्चारण गरेको ‘बाजे’ शब्द प्रिय लागेनछ । जुरुक्क उठेर प्रतिक्रिया दिएछन्, ‘म टपरे बाहुन होइन ।’ यति भनेर ठमठम हिँड्न लागेका देवकोटालाई बीचमा रोक्दै पुष्करले सोधेछन्, ‘त्यसो भए तिम्रो मान्छे के गर्छन्?’

९३ वर्ष टेकेका श्यामदास त्यो घटना सम्झन्छन्, ‘पुष्कर शमशेरको इसारा मतर्फ थियो । देवकोटालाई त्यो बुझ्न गाह्रो भएन ।’ भनिदिएछन्, ‘यहीँ बस्छन्।’

विदेशी पाठ्यक्रम नेपाली भाषामा अनुवाद गर्न खुलेको भाषानुवाद परिषद्को जागिर छाडेर देवकोटा हिँडेपछि विवादले चर्को रुप लियो । कुरा पुग्यो, शिक्षा विभागका डाइरेक्टर शारदा शमशेरको अफिससम्म । त्यति बेला भाषानुवाद परिषद् शिक्षा विभागकै मातहत थियो । त्यसैले शारदाले विवाद सुल्झाउन दुवै पक्षलाई तुरुन्त डाके । र, यही टुंगो लाग्यो, लेखकले लेखेपछि लेख्यो, लेख्यो । विवाद निकालेर हुँदैन । त्यो लेखकको अधिकारभित्र पर्छ। 

१० दिनमै महाकाव्य

शिक्षा विभागको डाइरेक्टरले बोलिसकेपछि अरुले के भन्ने ? त्यसपछि अंग्रेजी भाषाका प्रकाण्ड विद्धान पुष्करले मिलापत्र गर्ने हिसाबले भने, ‘मैले होच्याउने हिसाबले बाजे भनेको होइन। ब्लड प्रेसरको बिरामी छु । त्यसैको कारण निस्कियो होला।’ 

मिलापत्रपछि देवकोटा पुनः जागिरमा फर्किए । तर, देवकोटाको मनमा बाजे शब्द यति गहिरोसँग गाढिएछ कि लगत्तै उनले पुष्कर शमशेरसँग अर्को महाकाव्य लेख्न अनुमति मागे। 

‘त्यति बेला पुष्करले एक महिनामा लेख्न सक्छौ भनेर देवकोटाको महत्वाकांक्षा जगाइदिनुभयो,’ श्यामदास भन्छन् । तर, देवकोटाले १० दिनभित्रै सुलोचना महाकाव्य लेखिदिए । र, त्यसका दुई पात्रमध्ये एउटा पुष्करलाई नै बनाए।

देवकोटाले अर्को प्रश्न छोपिहाले, ‘तिमीलाई थाहा छ, पृथ्वी एन्टी क्लक घुम्यो भने के हुन्छ?’
‘मैले आजसम्म त्यसको उत्तर भेटेको छुइनँ,’ ८२ वर्षीय नृपेन्द्र भन्छन्, ‘उहाँ टायर बनाएको हेर्दाहेर्दै कति गहिराइमा डुबिसक्नुभएको रहेछ।’

‘पुष्करलाई नै सुलोचनाको एउटा पात्र बनाएर उहाँले बाजे भनेर होच्याइएको त्यो घटनाको उत्तर दिनुभयो,’ श्यामदास भन्छन्। 

महाकवि देवकोटामा लेखनको विलक्षण प्रतिभा त छँदै थियो, उनको व्यक्तित्व पनि असामान्य थियो । वरिष्ठ साहित्यकार मदनमणि दीक्षित यस्तै एउटा घटनाका भुक्तभोगी हुन् । मदनमणिकी दिदी विमलको विवाह मित्रनाथसँग भएको थियो । उनी २००२ सालमा भारतको बनारसबाट एमए गरेर नेपालमा रहेका आफ्ना ठूलाबडासँग आशीर्वाद थाप्न आउँदा डिल्लीबजारस्थित देवकोटाकै घरमा बसेका थिए। 

त्यति बेला भिनाजु मित्रनाथले दाजु लक्ष्मीप्रसादलाई परिचय गराउँदै भनेछन्, ‘दाजु, यिनी मेरा साला मदनमणि हुन् । भर्खरै एमए पास गरेर आएका ।’ त्यति बेला देवकोटा पासा खेल्न मग्न थिए। 

मुखमा तम्बाखुको पाइप चपाइरहेका । आफ्नै सुरमा मस्त । झस्किए झैं एक्कासि सोधेछन्, ‘ए मदन ! एमए पास गरेको ?’ त्यसपछि धूवाँको मुस्लो धुरीमाथि फुक्दै एउटा प्रश्न सोधेछन्, ‘तिमी भेडा बन्न सक्छौ?’

मदनलाई देवकोटाको त्यो प्रश्न उटपट्याङ लागेछ । ‘मलाई सुरुमा होच्याए जस्तो भान भयो । भिनाजु जस्तो मान्छे, के बोल्नु ?’ मदनमणि सम्झन्छन्, ‘त्यही पनि उत्तर दिएँ, भेडाको मासु त खाएको छैन।’

काठमाडौंको १० दिने बसाइ सकेपछि मदनमणि बनारस फर्किए । बनारसको ठूला गल्लीमा त्यति बेला स्थानीय कुस्तीबाजहरु आफ्नो बल प्रदर्शन गर्न हातमा पिर्का बोक्थे र भेडाको सिङलाई घचेटेर पछाडिसम्म पुर्‍याउँथे। 

देवकोटा एक महिना कोलकाता बसे । यहीँ देवकोटाका विद्यार्थी देवेन्द्रराज उपाध्यायले महात्मा गान्धीको बरखीमा उनलाई अंग्रेजीमा केही सानेट लेख्न आग्रह गरेका थिए । जुन पछि मुम्बईको 'ब्लिट्ज 'साप्ताहिकमा छापियो।

त्यो भेडा दौडिएर फेरि कुस्तीबाजको पिर्कामा ठोकिन नआउँदासम्म यो क्रिया अनवरत चलिरहन्थ्यो । बनारसमा मदनमणि यस्तै एक साँझ टहलिरहेका बेला एउटा भेडा दौडिँदै आएर कुस्तीबाजले बोकेको पिर्कामा बजारियो । पिर्कामा ठोकिँदा भेडाको सिङबाट आगोको झिल्को निस्किएको देखेपछि झल्यास्स भएछन्, महाकविले भन्न खोजेको कुरा। 

‘यो पो रहेछ, पढेर के गर्छौ ? क्रान्तिकारी बन्न सक्छौ ? भनेका रहेछन् । कति गहिरो कुरा गर्नुभएको रहेछ । हाम्रो बुद्धिले सोच्न भ्याउनु ?’ ९५ वर्षीय मदनमणि भन्छन्। 

विलक्षण प्रतिभा

डिल्लीबजारका नृपेन्द्रसिंह अहिले पनि एउटा घटना सम्झेर चमत्कृत हुन्छन् । केसीका पिताजी सुब्बा वीरेन्द्रसिंह र देवकोटाका ठूला दाजु लेखनाथ मिल्ने साथी थिए । फेरि घर नजिकै । त्यसैले उनको पनि देवकोटाको घरमा आवतजावत भइरहन्थ्यो । तर, विद्वताका कारण देवकोटासँग बोल्ने आँटचाहिँ आउँदैनथ्यो । तर, एकदिन डिल्लीबजारस्थित पीपलबोटमा साइकलको पन्चर टाल्न जाने क्रममा जम्काभेट भयो, देवकोटासँग । उनी पनि त्यहाँ पन्चर टाल्न देवकोटाभन्दा अगाडि पुगेका रहेछन्। 

तर, देवकोटा आएपछि उनले आफ्नो पालो छोडिदिए । देवकोटाले आफ्नो साइकलको पन्चर टालेको एकटकले हेर्दाहेर्दै दुईवटा चुरोट तानिसिध्याए । उनले नृपेन्द्रलाई प्रश्न गरेछन्, ‘काजीले साइन्स पढेको होइन ?’ त्यति बेला नृपेन्द्र आइएससी पढ्थे । केही हच्किँदै मुन्टो हल्लाएछन्। 

त्यत्तिकैमा देवकोटाले अर्को प्रश्न छोपिहाले, ‘तिमीलाई थाहा छ, पृथ्वी एन्टी क्लक घुम्यो भने के हुन्छ?’

‘मैले आजसम्म त्यसको उत्तर भेटेको छुइनँ,’ ८२ वर्षीय नृपेन्द्र भन्छन्, ‘उहाँ टायर बनाएको हेर्दाहेर्दै कति गहिराइमा डुबिसक्नुभएको रहेछ।’

राणा शासनलाई चुनौती दिने उद्देश्यस्वरुप २००३ सालमा नेपाली कांग्रेस देवकोटालाई भारतको बनारस पुर्याउन सफल भयो । यसपछि काठमाडौंमा खैलाबैला मच्चियो । किनभने, काठमाडौंमा राणाजीका प्रायः सबै छोराछोरी अध्ययनका लागि देवकोटाको घर धाउँथे। त्यति बेला काठमाडौंमा एउटा भनाइ निकै प्रचलित थियो, जसले देवकोटासँग पढ्छ, त्यो फेल हुन सक्दैन। 

बनारसमा देवकोटाले नेपाली कांग्रेसको मुखपत्र युगवाणीको सम्पादन गरे। त्यो पत्रिका कृष्णप्रसाद भट्टराईका भाइ गोपालप्रसादले निकाल्थे । त्यति बेला जीविकोपार्जनका लागि देवकोटा बनारसबाट प्रकाशित हुने अर्को साहित्यिक पत्रिका उदयको प्रुफ पनि हेरिदिन्थे। 

‘यसबापत पिताजी (काशीप्रसाद श्रेष्ठ) ले उहाँलाई २५ पैसा दिनुहुन्थ्यो,’ अहिले पनि बनारसबाट निस्किरहेको उदय पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठ भन्छन् । ७८ वर्षीय श्रेष्ठ देवकोटालाई ‘भर्सटाइल’ र मुडी भन्न रुचाउँछन् । भन्छन्, ‘मन लागे बोल्ने, नभए नबोल्ने । कविता फुर्यो’ कि सुनाइहाल्नुपर्ने।’

देवकोटा बनारसमै हुँदा कोलकाता पढ्न बसेका नेपाली कांग्रेसका पुराना नेता रामहरि जोशीलगायत नेपाली विद्यार्थीले २००५ सालमा सम्मानका लागि बोलाएका थिए।

कोलकाताको कलेज स्ट्रिटीस्थित महाबोधि सोसाइटीको हलमा महाकविलाई अभिनन्दन गर्दा हिन्दी र बंगालीका साहित्यकारको पनि उपस्थिति थियो। यसै वर्ष स्वर्गीय भएका जोशीले आफ्नो किताब अँध्यारोबाट उज्यालोतिरमा लेखेका छन्, ‘उहाँले अंग्रेजी कविता तामाङ सेलो लयमा सुनाएर सबैलाई चकित पार्नुभयो।’ 

देवकोटा एक महिना कोलकाता बसे । यहीँ देवकोटाका विद्यार्थी देवेन्द्रराज उपाध्यायले महात्मा गान्धीको बरखीमा उनलाई अंग्रेजीमा केही सानेट लेख्न आग्रह गरेका थिए । जुन पछि मुम्बईको ब्लिट्ज साप्ताहिकमा छापियो। 

कोलकातामै बस्दा देवकोटाले ‘आँसु’ कविता पनि लेखे । त्यो कविता पनि उपाध्यायकै अनुरोधमा देवकोटाले मुखैले भनेका थिए । कागजमा उतार्ने काम भने जोशीले गरे । पछि पारसमणि प्रधानको सम्पादकत्वमा दार्जीलिङबाट प्रकाशित हुने भारतीमा छापियो। 

‘उहाँलाई विषय मात्र चाहिन्थ्यो । त्यसपछि धाराप्रवाह आउने । रोकिनै गाह्रो’, जोशीले आफ्नो किताबमा लेखेका छन्।

(नेपाल लाइभ अर्काइभबाट। प्रथम पटक प्रकाशित मिति २०७४ कार्तिक २ बिहीबार।)

​

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  ०९:२२
  • #लक्ष्मीजयन्ती

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार, चैत २२, २०८२
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्