काठमाडौं- जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कोभिड-१९ को सक्रमण दिनानुदिन बढिरहेको हुँदा यस वर्ष देउसीभैलो नखेल्न अनुरोध गरेको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालद्वारा जारी आदेशमा यस वर्षको तिहारमा देउसीभैलो नखेल्न र भिडभाड नगर्न समेत सचेत गराएको हो।
आआफ्नो घरमा नै बसेर जे आआफ्नो संस्कृति अनुसार मनाउन अनुरोध गरिएको छ। सूचनामा कोभिड-१९ फैलन नदिन अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड अपनाउँन समेत अनुरोध गरिएको छ।
चाडबाडका बेलामा पटका पड्काउँने, कार्य गर्दा आगलागी भइ जनधनको समेत क्षेती हुन सक्ने भन्दै नपड्काउन, जुवातास नखेल्ने, समाजमा भिडभाड गर्ने काम नगर्न अनुरोध गरिएको छ। यसरी गरेको पाइएमा कानुन बमोजिम कार्बाही गरिने समेत शुक्रबार जारी प्रशासनको सूचनामा जनाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।