तस्बिर : स्वास्थ्य खबर
हुम्ला- नाम्खा गाउँपालिका-४ स्थित महाबौद्ध विद्यालय र छात्रावासमा ४ जनामा कोरोना संक्रमण भएको पाइएपछि विद्यालय र छात्रावास सिल गरिएको छ।
कात्तिक २५ गते ५ जनाको स्वाब परीक्षण गर्दा ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि विद्यालय र छात्रावास सिल गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले सूचना जारी गर्दै जानकारी दिएको हो।
विद्यालय र छात्रावासमा कोरोना संक्रमित भेटिएपछि संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ अनुसार सिल गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिएका छन्। विद्यालय तथा छात्रावासभित्र अनुमतिप्राप्त स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीबाहेक अरूलाई प्रवेश निषेध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।