काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीले लेखेको पुस्तक ‘संसददेखि संविधानसभासम्म’ सार्वजनिक गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरे।
लोकार्पणपछिको मन्तव्यमा प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो जीवन भोगाइका विभिन्न घटनालाई उहाँले सिलसिलेवार ढंगले प्रस्तुत गर्नुभएको छ। यसले नयाँ पुस्तालाई त्यस बेलाको राजनीतिबारे जानकारी दिन्छ।’
प्रधानमन्त्री ओलीले लेखन परम्परा सिक्न सबैलाई आग्रह समेत गरेका छन्।
‘नेपालीका पुर्खाले रामायण, वेद जस्ता ग्रन्थहरु लेखे’, ओलीले भने, ‘हाम्रा पुर्खाको जेनेटिक मेमोरी हामीमा पनि सरेकाले लेख्न हामीलाई गाह्रो हुँदैन।’
पुस्तकबारे पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मी लगायतले टिप्पणी गरेका थिए।
अधिकारीको ८२औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केक काटेर खुवाउँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरेका थिए।
पुस्तक घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।