पोखरा– पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ मालेपाटनमा भेटिएको विस्फोटक वस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ।
कालो कपडाभित्र बेरेर रातो कागजको झोलामा राखेको बम सेनाको डिस्पोजल टोलीले दिउँसो निस्क्रिय गरेको हो।
विद्युत् कार्यालयका गार्डले भेटेको बम प्रहरी कार्यालय बैदामको टोलीले फिर्के पुल नजिकै लगेर राखेको थियो। केही समयपछि नेपाली सेनाले उक्त बमलाई डिस्पोज गरेको हो।
ढुंगा फुटाउन प्रयोग गरिने डेटोनेटर नामको बम भएको प्रहरीले बताएको छ । रातो झोलाभित्र टिनको बट्टामा डेटोनेटर राखिएको डिएसपी खड्क क्षेत्रीले जानकारी दिए।
शनिबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वान गरेको थियो। बम उक्त पार्टीका कार्यकर्ताले राखेको आशंका गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।