काठमाडौं–महाधिवेशनको नयाँ मिति तोक्न नेपाली कांग्रेस केन्द्रीय समिति आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो।
बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका,सरकार विरुद्द विरोध प्रदर्शन लगायतमा छलफल हुने बताइएको छ।
यसअघि शीर्ष तहका नेताबीच भएको बैठकले पार्टी विवादमा समाधान निकाल्न नसकेपछि बैठक चार पटक मिति तोक्दै सर्दै आएको थियो।
विभाग, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, भ्रातृ संस्थाको पदावधि, विदेशस्थित जनसम्पर्क समितिलगायतमा पार्टीभित्र विवाद छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।