काठमाडौं- सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सिमानाकामा लगाईंदै आएको प्रतिबन्ध मंसिर ३० गतेसम्म लम्ब्याएको छ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए। यसअघि कात्तिक ३० गतेसम्म उक्त प्रतिबन्ध लगाइएको थियो।
चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाईंदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।