काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक एक दिनपछि सारिएको छ। बिहीबारका लागि बोलाइएको बैठक शुक्रबारको लागि सारिएको छ।
शीर्ष तहका नेता बीच भएको बैठकले पार्टी विवादमा समाधान निकाल्न नसकेपछि केन्द्रीय समितिको बैठक सारिएको थियो। साथै, पार्टी उपसभापति विमलेन्द्र निधि र नेता कृष्ण प्रसाद सिटौला होम आइसोलेसनमा रहेकाले बैठक सारिएको थियो।
विभाग, क्रियाशील सदस्यता वितरण,संगठन समायोजन, भातृ संस्थाको पदावधि, विदेशस्थित जनसम्पर्क समितिलगायतमा पार्टी भित्र विवाद छ।
अन्य दलबाट आएकालाई क्रियाशील सदस्यता वितरण गर्दा विधान मिचिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले जनाएको छ। पौडेल पक्षको १६ बुँदे विरोध पत्रमा शीर्ष नेता बीच मध्यमार्गी बाटोबाट समाधान निकालिएको छ।
क्रियाशील सदस्यतामा भएको विवाद समाधान निकाल्न छानविन गरी सच्याउन संस्थापन पक्ष तयार भएको छ। विभागमा नयाँ मनोनयन नगर्ने सहमति बनेको छ।
केन्द्रीय समितिको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका,सरकार विरुद्द विरोध प्रदर्शन लगायतमा छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।