• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १२, २०८२ Thu, Mar 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली सहमत नभए बिहीबार सचिवालयको औपचारिक बैठक बस्ने प्रचण्ड पक्षको तयारी

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २६, २०७७  १५:१५
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित बहुमत सचिवालय सदस्यहरुले बिहीबार सचिवालयको औपचारिक बैठक बस्ने तयारी गरेका छन्। त्यसका लागि बिहीबार बिहान छलफल गरी धारणा तय गर्नेछन्।

‘सायद बिहीबार सचिवालयको औपचारिक बैठक बस्छ होला’, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यदि प्रधानमन्त्रीज्यू बैठकमा बस्न मान्नु भएन भने बिहीबार बिहान छलफल गरी एउटा निष्कर्षमा पुग्छौं।’

प्रचण्डले बोलाउने बैठकमा केपी ओली पक्षका नेताहरु उपस्थित नभए पनि केही निर्णयहरु गरेरै अघि बढ्ने तयारी बहुमत पक्षको छ।

तर प्रधानमन्त्री ओली पक्षका स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री गुटको भेलामा सहभागी नहुने दाबी गरे। ‘नेकपा पार्टी विधानमा बैठक बस्नुपर्ने भएमा दुई अध्यक्षको परामर्शमा एजेण्डा तय गर्ने र त्यसैका आधारमा महासचिवले बैठक बोलाउने व्यवस्था छ', उनले भने, ‘विधानभन्दा बाहिर गई कुनै नेताले बैठक बोलाए भन्दैमा प्रधानमन्त्री जाने भन्ने हुँदैन।’

पार्टी विधान विपरीत बोलाइने जुनसुकै बैठक पनि गुटको भेला हुने गुरुङको भनाइ छ। ‘पार्टी विधानबाहिर गई प्रचण्ड कमरेडले बोलाए पनि गुटको भेला हुन्छ। त्यहाँ ओली जानुपर्छ भन्ने हुँदैन। ओलीले मात्रै बोलाए पनि गुटको भेला हुन्छ। त्यहाँ प्रचण्ड जानुपर्छ भन्ने छैन’, उनले भने, ‘यदि बिहीबार बस्ने सचिवालय बैठकमा दुई अध्यक्षबीच छलफल भई एजेण्डा तय भएमा औपचारिक बैठक बस्न सक्छ। त्यहाँ ओली पनि सहभागी हुनुहुन्छ।’

दुई अध्यक्षबीच छलफल नभई सचिवालय बोलाइए प्रधानमन्त्री ओली बैठकमा सहभागी नहुने गुरुङले बताए।

यसैबीच पार्टी महासचिव विष्णु पौडेलले बिहीबार बस्ने सचिवालय बैठकका विषयमा गृहकार्य भइरहेको बताए। ‘बिहीबार बस्ने बैठकका सम्बन्धमा अहिलेसम्म केही ठोस निर्णय भएको छैन’, पौडेलले भने, ‘यदि औपचारिक बैठक बस्ने भएमा सबैलाई खबर भइहाल्छ।’

पार्टी सचिवालयदेखि केन्द्रीय कमिटीसम्म ओली अल्पमतमा परेकाले बैठक बस्न आनाकानी गरेका छन्। पार्टी सचिवालयका ९ जनामध्ये ओली पक्षका ४ जना मात्रै छन्। त्यस्तै, स्थायी कमिटीका ४४ जनामध्ये उनको पक्षमा ११ जना छन्। केन्द्रीय कमिटीमा ओली पक्षभन्दा प्रचण्ड-नेपाल पक्ष बलियो छ। आफू अल्पमतमा पर्ने भएकाले उनी बैठकदेखि भागिरहेको प्रचण्ड-नेपाल पक्षका नेताहरुको भनाइ छ।

Ncell 2
Ncell 2

पार्टी कमिटीबाटै निर्णय गरी आफूलाई हटाउने भयका कारण उनले एकपछि अर्को बहाना गर्ने गरेको कतिपय नेताहरुको आकलन छ।

तर प्रवक्ता श्रेष्ठले मंगलबारको अनौपचारिक सचिवालय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी कमिटीबाट प्रधानमन्त्री हटाउन थालेको रुपमा बुझ्न नहुने प्रतिक्रिया दिएका थिए। पार्टीमा छलफल गर्नुपर्ने एजेण्डा धेरै भएकाले बैठक राख्न आतुर भएको श्रेष्ठको भनाइ थियो।

गत शुक्रबार प्रचण्ड सहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले औपचारिक बैठक बसी बैठक बोलाउन अर्का अध्यक्षलाई आग्रह गर्ने निर्णय गरेका थिए। निर्णय बमोजिम बहुमत सचिवालय सदस्यहरु शनिबार ओलीलाई भेटेर बैठकको लागि आग्रह गरेका थिए। उनीहरुले दुई पाने लिखित पत्र पनि ओलीलाई बुझाएका थिए। साथै, बैठकका लागि सहमति जनाउन दुई दिनको समयसीमा पनि दिएका थिए। तर ओलीले त्यसलाई बेवास्ता गरिदिए। बरु विधान अनुसार गर्न महासचिव पौडेललाई निर्देशन दिए।

बहुमत पक्षको मंगलबार पनि अनौपचारिक बैठक बसेको थियो। बैठकले २७ गते बैठक बस्ने आशा गरेको थियो।

मंगलबारको बैठकअघि प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा प्रचण्डले बिहीबार सचिवालय बैठक बस्न प्रस्ताव गरेका थिए। तर, ओलीले ठोस जवाफ नदिएकाले बिहीबार औपचारिक सचिवालय बैठक बस्ने सम्भावना न्यून देखिएको छ। ओली बुधबार विकास निर्माणको अवस्थाबारे अवलोकन गर्न पूर्वी नेपाल गएका छन्। बुधबार बेलुकासम्म काठमाडौं फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ। सचिवालय बैठकलाई दुवै पक्षले प्रतिष्ठाको विषय बनाइरहेका छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन
सम्बन्धित सामग्री
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष केसीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । बुधबार, चैत ११, २०८२
ज्येष्ठ सदस्य केसीले आज शपथ लिने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । बुधबार, चैत ११, २०८२
नेपाली बाहेकको भाषामा शपथ लिन ४७ सांसदले टिपाए नाम सांसदद्वय उज्ज्वलकुमार झा र मातृकाप्रसाद यादवले मैथिली भाषामा शपथ लिँदैछन् । कृपाराम रानाले राना थारू भाषामा शपथ लिने तयारी गरेका छन... मंगलबार, चैत १०, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
प्रहरीले बुझायो इनिशा मृत्यु प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार, चैत ११, २०८२
१६औँ योजना कार्यान्वयनका लागि कार्ययोजना सार्वजनिक बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि घट्यो सुनको मूल्य मंगलबार, चैत १०, २०८२
पदभार ग्रहणपछि केसीले भने- सभामुखको आसनमा बसेपछि दलगत पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ बुधबार, चैत ११, २०८२
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, बिहीबार सुनुवाइ हुने मंगलबार, चैत १०, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्