• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सम्पत्तिको इच्छापत्र सम्बन्धी व्यवस्थामा महिला भर्सेस पुरुष सांसद

64x64
नेपाल लाइभ मंगलबार, असोज १०, २०७४  १३:०९
1140x725

काठमाडाैं–  संसदमा विधेयक छलफलका क्रममा पहिलो पटक महिला सांसद विरुद्ध पुरुष सांसद प्रस्तुत भएका छन्।

मुलुकी ऐन प्रतिस्थापन विधेयक मुलुकी देवानी संहितामा रहेको इच्छापत्र सम्बन्धी व्यवस्था राख्ने र हटाउने विषयमा दुई पक्षमा विभाजन भएका हुन्। 

नेपाली काग्रेसकी सांसद तथा प्रधानमन्त्री पत्नी आरजु देउवादेखि एमालेकी शान्ता मानवी सम्मले इच्छापत्र महिलालाई अंश नदिन ल्याइएको भनी विरोध गरे। इच्छा पत्र हटाउने निर्णय गलत भएको भन्दै नेकपा एमालेका रवीन्द्र अधिकारीदेखि पूर्व शिक्षामन्त्री धनिराम पौडेलले त्यसको पक्षमा तर्क गरे। 

आइतबार इच्छापत्र राख्नुपर्ने पक्षमा सांसदहरु रवीन्द्र अधिकारी, रेवतीरमण भण्डारी, कर्ण थापा, रामेश्वर फुयाल, तुलराज विष्ट, पेम्बा लामा भोटे, केशव बडाल, श्याम श्रेष्ठ काभ्रेली र प्रेम सुवालले आफ्नो धारणा राखेका थिए। तर इच्छापत्रको व्यवस्थाले महिलाहरु अंश पाउनबाट वञ्चित हुने तर्क गर्दै आरजु राणा, शान्ता मानवी, ममता गिरी, मञ्जुकुमारी चौधरी, जयन्ती राई  र टुकाभद्र हमालले धारणा राखेका थिए। 

संसदमा महिला विरुद्ध पुरुष सांसद उभिएर गलत कार्यको सुरुवात भएको भन्दै एमाले सांसद केशव बडालले सम्पत्तिको अधिकार दिने विषयलाई अन्यत्र नजोड्न आग्रह गरे। 

यही संसदले महिलालाई पनि सम्पत्तिमा अधिकार हुने छ भनी संविधानमा व्यवस्था गरेको नबिर्सन आग्रह गर्दै बडालले इच्छापत्र महिला नभई सम्पत्ति थुपार्ने प्रवृत्ति विरुद्ध भएको बताए। 

तर महिला सांसदहले त्यसलाई अस्वीकार गर्दै पितृ सत्तात्मक सोचबाट इच्छापत्र राख्न खोजेका तर असफल भएको आरोप लगाई नै रहे। 

सांसद जयन्ती राईले पुरुषको विरोध नभई संविधानमा महिलाको पनि सम्पत्तिमा हक हुने भनी गरिएको व्यवस्था विरुद्ध उभिएका पुरातन सोचको विरोध गरेको बताइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री पत्नी आरजुले त विधेयक रोक्ने कार्यमा सहयोग गरेको भन्दै सभामुख ओनसरी घर्तीलाई नै धन्यवाद दिइन्। संसदको समितिवाट सर्वसम्मत पारित भएको विधेयक सभामुखले रोक्न नपाउने भए पनि रोकेर सच्चाएको प्रति खुसी हुँदै उनले संसदको रेर्कडमै सभामुखलाई धन्यवाद दिइन्।

संसदमा विरोध भए पनि उक्त विधेयक भने बहुमतले पारित भएको छ।

संसदको विधायन समितिमा सर्वसम्मत पारित भएपछि संसदमा पेश भएको विधेयक फिर्ता गएको थियो। समितिमा छलफल भएर देवानी संहितामा समावेश भएको इच्छापत्रको व्यवस्था राष्ट्रपति विद्यादेवि भण्डारी, सभामुख ओन्सरी घर्ती, प्रधानमन्त्री पत्नी राणा र महिला सांसदहरुले महिलाले सम्पत्ति पाउने भएपछि इच्छापत्र राखिएको भन्दै विरोध गरेका थिए।

गत साता विधेयक संसदबाट समितिमा फिर्ता भएको थियो। फिर्ता भएको विधेयकमा मिलाउँदै आइतबार समितिकी सभापति गंगा चौधरी सत्गौवाले पेश गरेकी थिइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विधयक पेश गर्दै सभापति चौधरीले अकुत सम्पत्ति कमाएकाहरु इच्छापत्रको प्रावधानबाट अत्तालिएको आरोप लगाइन्। दलीय दबाबमा संसदीय समितिले पारित गरेको निर्णय उल्टाउनु गलत भएको भन्दै उनले  विरोध गरेकी थिइन्। ‘संसदीय समितिले पारित गरेको व्यवस्था तीन दलका शीर्ष नेताको दबाबमा हटाउने हो भने कानुन बनाउन समितिको आवश्यकता किन पर्‍यो?,’ उनले प्रश्न गरिन्, ‘हैन भने कसको दबाबमा पुन फिर्ता पठाइयो र कसरी इच्छापत्रको प्रावधान  हटाउन भनियो।’

छोरीहरुलाई अंश दिने व्यवस्था कार्यान्वयनमा नआउँदै इच्छापत्रको व्यवस्था राख्दा महिला अधिकार खोसिने उनीहरुको तर्क थियो। भदौ १ गते प्रधानमन्त्री निबास बालुवाटारमा बसेको तीन दल बैठकमा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डले इच्छापत्रसम्बन्धी प्रस्तावित व्यवस्था हटाएर मात्रै मुलुकी देवानी संहिता पारित गर्नुपर्ने प्रस्ताव राखेका थिए। दाहालको प्रस्तावलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले तत्कालै समर्थन गरेका थिए।  तीन दलबीच सहमति भएपछि विधायन समितिमा रहेका आफ्ना सदस्यलाई इच्छापत्रको व्यवस्था फिर्ता लिन दबाब दिएका थिए। शीर्ष नेताको दबाबपछि समितिका महिला सदस्यहरुले इच्छापत्र सम्बन्धी व्यवस्था हटाएर मात्रै मुलुकी देवानी संहिता संसदको पूर्ण बैठकमा लैजान दबाब दिँदै आएका थिए।  इच्छापत्रको व्यवस्था हटाएर विधेयक पारित भयो। 

तत्कालीन सरकारले २०६७ मा संसदमा पेस गरेको मुलुकी ऐन प्रतिस्थापन सम्बन्धी विधेयकमा देखिएको विवाद मिलाउन तत्कालीन समयमा ५ वटा उपसमितिमा छलफल भएको थियो।  देशका विभिन्न स्थानमा सरोकारवाला र सर्वसाधारणसँग समेत छलफलपछि निष्कर्षका रूपमा कानुन कार्यान्वयन भएको १८ वर्षपछि अंशवण्डालाई इच्छापत्र सम्बन्धी प्रावधानले प्रतिस्थापन गर्ने  विधेयक निर्माण भएको थियो। सम्पत्तिको मालिकले आफ्नो सबै अचल सम्पत्ति आफूले चाहेको व्यक्तिलाई आफ्नो मृत्युपछि दिलाउन सक्ने व्यवस्थाका लागि इच्छापत्र प्रस्ताव गरिएको थियो। 

प्रकाशित मिति: मंगलबार, असोज १०, २०७४  १३:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छठपर्व विधिवत शुरु, आज ‘नहाय–खाय’
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु
कतिमा किन्ने तरकारी र फलफुल ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
छठपर्व विधिवत शुरु, आज ‘नहाय–खाय’ शुक्रबार, कात्तिक २७, २०८३
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु शुक्रबार, कात्तिक २७, २०८३
कतिमा किन्ने तरकारी र फलफुल ? शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
मोरङमा जंगलभित्र महिलाको शव फेला शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
बनेपामा भएको बस दुर्घटनामा को को परे ? २५ घाइतेको अवस्था के छ ? बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्