• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

निगमको व्यापार खोसेर हिमालयलाई दिइएको 'सेल्फ ग्राउन्ड ह्यान्डलिङ'बारे लेखाको चासो

समितिले माग्यो सबै विवरण
64x64
उत्तम काप्री सोमबार, कात्तिक २४, २०७७  २०:१५
1140x725

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यापार खोस्ने गरी यती ग्रुपको लगानी रहेको हिमालय एयरलाइन्सलाई दिइएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको अनुमतिमा प्रतिनिधिसभा अन्तगर्तको सार्वजनिक लेखा समितिले चासो देखाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयलाई दिइएको सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमतिमा समितिले गम्भीर ध्यानाकर्षण भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणलाई समितिमा बोलाएर स्पष्टीकरण लिने तयारी गरेको छ। 

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको सेवा नेपाल एयरलाईन्सले प्रदान गर्दै आएको छ। 

समितिले दसैंअघि नै पर्यटन मन्त्रालयका सचिवलाई पत्र काट्दै ग्राउन्ड ह्यान्डलिङबारे सबै विवरण पेस गर्न भनेको थियो। समितिले पर्यटन सचिवलाई काटेको पत्रमा भनिएको छ, ‘सरकारले हालै मात्र त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलमा एक निजी विमान कम्पनी हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ सेवा) सुविधा प्रदान गर्ने भन्दै आएका समाचारप्रति लेखा सार्वजनिक लेखा समितिको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै सो सम्बन्धमा यसअघि भएका निर्णय, विद्यमान अवस्था, मन्त्रालयको प्रक्रियासहितको विवरण उपलब्ध गराई समितिको कार्यमा सहयोग पुर्‍याइदिनु हुन निर्देशानुसार अनुरोध छ।’ लेखाको पत्रपछि पर्यटन मन्त्रालयले पनि प्राधिकरणसँग विवरण मागेर पठाउने तयारी गरेको मन्त्रालयले जनाएको छ। 

हिमालयलाई दिएइको सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको अनुमतिको विषय विवादमा परेसँगै उड्डयनमन्त्री योगेश कुमार भट्टराईको ठाडो निर्देशनमा प्राधिरकणले असोज ११ गते नै तत्काल प्रक्रिया अगाडि नबढाउने निर्णय गरेको थियो। हिमालयलाई दिइएको अनुमति खारेज नगरी यथास्थितिमा राख्ने प्राधिकरणको निर्णय थियो।

राजनीतिक दबाबमा प्राधिकरणले नेपाल एयरलाइन्सको व्यापार खोसिने गरी हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा संचालनका लागि अनुमति दिने निर्णय गरेको थियो।  प्राधिकरणले असोज ४ गते महानिर्देशक स्तरको निर्णयबाट निर्णयबाट सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा संचालन गर्न सक्ने गरी हिमालयलाई अनुमति दिएको थियो। 

हाल संचालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको सेवा नेपाल एयरलाइन्सले गर्दै आएको छ। आर्थिक रुपमा संकट व्यहोर्दै आएको नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक रूपमा ४ देखि ५ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ। यसरी नेपाल एयरलाइन्सले गर्दै आएको व्यापार खोस्ने रणनीतिमा यती ग्रुप र चीनियाँ लगानी रहेको हिमालय एयरलाइन्स सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिलाएर व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ सेवा नै दिने चलखेलको तयारी भएको थियो। प्राधिरकणको निर्णयमा नेपाल एयरलाइन्सले समेत विरोध गरेको थियो।

‘प्राधिकरणले ’माथि’को दबाब थेग्न नसेपछि तत्काल हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाबाट प्रवेश गराइएको थियो,’ प्राधिकरण स्रोतले भन्यो, ‘विस्तारै नेपाल एयरलाइन्सको व्यापार खोसेर हिमालयलाई व्यावसायिक सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिनै नै हो।’

नेपाल एयरलाइन्सले अहिले दिँदै आएको व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ सेवाको सम्झौता अवधि आउँदो जेठबाट सकिँदैछ। सोही समयमा हिमालयलाई पनि केही एयरलाइन्स कम्पनीलाई व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ सेवा दिन पाउने गरी यो खेल रचिएको प्राधिकरण स्रोतको दाबी छ। तर, फेस सेभका लागि अहिले यस्थास्थितिमा राख्ने निर्णय भएको पनि विस्तारै हिमालयललाई व्यवसायिक ग्राउन्ड ह्यान्डलिङ सेवा दिने प्रपञ्च रहेको स्रोतको दाबी छ।

nimb
nimb
Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

हिमालयलाई दिएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति रोक्न मन्त्री भट्टराईको निर्देशनआइतबार, असोज ११, २०७७

विमानस्थलमा यात्रा गर्ने यात्रुलाई बोर्डिङ पास जारी गर्ने, विमानस्थलबाट गाडीमा विमानसम्म लैजाने, ब्यागेज व्यवस्थापन गर्ने, र्‍याम्प, फ्लाइट अपरेसन एन्ड क्रु व्यवस्थापन, क्याटरिङ सेवा, इन्धन व्यवस्थापन, फ्रेट एन्ड मेल, ट्रान्जिट कार्गो, कुरियर ह्यान्डलिङ, वायुयानको सफाइ, एयरसाइड एम्बुलेन्सलगायतका सेवा ‘ग्राउन्ड ह्यान्डलिङ’भित्र पर्छन्। 

प्राधिकरणमा २ वर्ष अगाडि कतार एयरवेजले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवाको प्रमाणपत्रका लागि निवेदन दिएको थियो। तर त्यसबेला प्राधिकरणले सानो विमानस्थलमा थप कम्पनीलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदा उडान तथा सुरक्षामा समस्या आउने कारण देखाएर प्रमाणपत्र दिएको थिएन।

तर, अहिले भने प्राधिकरणले हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउँदा कतारलाई दिएको जवाफ बिर्सिएको छ। व्यावसायिक ग्राउन्ड ह्यान्डलिङमा नै हिमालयलाई छिराउने गरी अहिले सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिइएको स्रोतको दाबी छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भने ‘वायुयानहरुको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२’ को परिच्छेद २ को दफा ४ को उपदफा ४ र ५ तथा परिच्छेद ५ को दफा १३ पूरा गर्ने गरी सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको प्रमाण पत्र दिएको दाबी गर्दै सोही जवाफ दिँदै आएको छ।

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदा नेपाल एयरलाइन्सले स्वतः आफ्नो व्यापारमा केही रकम गुमाउने छ भने त्योसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि आम्दानी गुमाउने देखिन्छ। नेपाल एयरलाइन्सले हिमालयलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिए बापत लिने रकमबाट नेपाल एयरलाइन्सले प्राधिकरणलाई १५ प्रतिशत रकम तिर्दै आएको छ। अब उक्त रकममा समेत असर पर्ने छ। 

ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराएबापत सेवा प्रदायकले वायुसेवा कम्पनीबाट शुल्क लिने गर्छ। नेपाल एयरलाइन्सले यसबाट मात्र वार्षिक ५ अर्ब आम्दानी गर्दै आएको छ। यो ५ अर्बको आम्दानीमा नेपाल एयरलाइन्सले ६० प्रतिशतभन्दा बढी नाफा रहेकाले निगमको घाटा व्यवस्थापन गर्न सहयोग गरेको छ। 

केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल एयरलाइन्सको व्यापार खोसेर हिमालयलाई दिने खेल गरेको आरोप लाग्ने गरेको छ। प्रधानमन्त्री ओलीको यती ग्रुपसँग निकट सम्बन्ध रहेको चर्चा बेलाबेलामा चलिरहन्छ। नेपाल ट्रस्टका महँगा जग्गा पनि यती ग्रुप सस्तोमा लिजमा पाउने गरेको छ। 

यो पनि पढ्नुहोस्

नेपाल एयरलाइन्सको व्यापार खोस्दै यती ग्रुपको हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमतिबिहीबार, असोज ८, २०७७

सेल्फ ग्राउन्ड ह्यान्डलिङ भनेको विमानस्थलमा आफ्ना यात्रुको व्यवस्थापन सम्बन्धित एयरलाइन्सले नै गर्ने हो। यो सेवा प्रदान गर्नका लागि अनुमति लिनुपर्छ। व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ सेवाको अनुमति लिएका कम्पनीले मात्र अन्य विमानका हवाइ यात्रुलाई सेवा प्रदान गर्न पाउँछन्। अनुमति नपाएका एयरलाइन्सहरुले भने व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको अनुमति पाएका कम्पनीलाई यसबापत शुल्क दिनुपर्छ।

प्राधिकरणले हिमालयलाई यस्तो सेवा सञ्चालन गर्नका लागि पूर्वसर्त तोकेको थियो। जसअनुसार सेवा सञ्चालन गर्दा चाहिने मेसिन, औजार, तेस्रो पक्ष बीमा (न्यूनतम ५ करोड डलर गर्नुपर्ने) शुल्क निर्देशिकाअनुसार बुझाउनुपर्ने, व्यवस्थापकीय क्षमता विकास गर्नुपर्नेलगायत थिए। यी सर्त पूरा भएपछि हिमालयले सेवा सञ्चालन गर्न पाउने भन्दै सेवा सञ्चालनको अनुमति दिइएको थियो। तर यो प्रक्रिया अहिले रोकिएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
टर्किस एयरको विमानमा आगलागी : २७७ यात्रु, सबै सुरक्षित उनका अनुसार यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए । विमानमा आगो लागेपछि उद्... सोमबार, वैशाख २८, २०८३
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । शनिबार, वैशाख ५, २०८३
११ महिनामा करिब ५ हजार पर्यटकले गरे फोक्सुण्डो तालको भ्रमण शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यो अवधिमा ४ हजार ३६२ जना नेपाली, ५५ जना सार्क मुलुकका तथा ४६५ जना अन्य विदेशी पर्य... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन बुधबार, वैशाख ३०, २०८३
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी बुधबार, वैशाख ३०, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्