भद्रपुर– झापाको दमक नगरपालिका–८ की सम्झना गुरुङको घरमा गएराति आगलागी भएको छ।
आगोले घरमा भएको किराना पसलमा क्षति पुगेको छ। किराना पसल कमल गाउँपालिका–६, पाडाजुगीका सेमसन राईको भएको प्रहरीले जनाएको छ।
आगलागीमा किराना पसलको करिब ५ लाख मूल्य बरबारको सामान जलेर नष्ट भएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कर्यालय दमकले जानएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।