काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहका नेताहरूसँग छलफल सुरु गरेका छन्। आइतबार दिउँसो प्रधानमन्त्री ओलीसँग छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा नेता नेपाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त बालुवाटार पुगेको नेता नेपाल स्रोतले जानकारी दिएको छ।
पार्टीमा देखिएको पछिल्लो विवादका विषयमा छलफल गर्न माधव नेपाल समूहलाई बोलाइएको बुझिएको छ।
शुक्रबार पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बोलाएको अनौपचारिक सचिवालय बैठक सहभागी नेता नेपाल समूहसँगको छलफललाई महत्वका साथ हेरिएको छ।
शनिबार नेता नेपाल र प्रचण्डसहित ५ जना सचिवालय सदस्यले तत्काल सचिवालय बैठक बोलाउन ओलीसँग आग्रह गरेका थिए। तर ओलीले तत्काल सचिवालय बैठक आवश्यक नभएको जवाफ फर्काएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।