धनगढी– कैलालीको धनगढीमा शंकास्पद वस्तु भेटिएको छ। धनगढी–३ स्थित चटकपुरमा टेलिफोनको पोलमुनि राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो।
शंकास्पद वस्तु भेटिएको खबर पाउनासाथ प्रहरी घटनास्थल पुगिसकेको र उक्त वस्तु बम हुनसक्ने आशंकामा सो क्षेत्रमा हिड्डुल गर्न रोक लगाइएको कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए।
उनका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको छ।
बजार क्षेत्रमा नै शंकास्पद वस्तु भेटिएपछि स्थानीयहरु ससंकित बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।