• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ९, २०८२ Mon, Mar 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वनबारे स्पष्ट पार्न शिक्षाविद्‍को आग्रह

64x64
रासस शनिबार, कात्तिक २२, २०७७  १६:५१
1140x725

काठमाडौं- यसै शैक्षिक सत्रबाट अनिवार्य विषयका रुपमा लागू गरिएको ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’बारे उत्पन्न अन्योल चिरेर कार्यान्वयनका लागि शिक्षकलाई अभिमुखीकरण गराउन शिक्षाविद्ले सुझाव दिएका छन्। ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ अन्तर्गत एकल पथीयरूपमा कक्षा ११ र १२ मा समावेश गरिएको सो नयाँ विषयको सान्दर्भिकता र कार्यान्वयनको अन्योलबारे शनिबार शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ केन्द्रले आयोजना गरेको भर्चुअल बहसमा विज्ञहरुले सो सुझाव दिएका हुन्। 

तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य शिक्षाविद् विमलकुमार फुयाँलले सो विषयलाई सबै तह र विषयमा अन्तरसम्बन्धित बनाएर लान आवश्यक रहेको जनाउँदै मान्छेले जुनसुकै पेशा वा व्यवसाय अपनाएर पनि उसलाई विश्वस्तरको असल नागरिक बनाउन यस विषयले उत्प्रेरकको भूमिका खेल्ने बताए। जनमुखी शिक्षाका वकालतकर्ता फुयाँलले चाँडै हट्ने र पाठ्यक्रम विकास केन्द्रले शिक्षकलाई विषयगत अभिमुखीकरणमा ढिलाइ गर्न नहुने धारणा राखे।

सो तहमा गणितलाई अनिवार्यमा नराखिएको र पाठ्यक्रम तर्जुमाको अधिकार स्थानीय तहको भएको दाबी गर्दै नयाँ प्रारुप कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरी सर्वाेच्च अदालतमा परेको रिट निवेदनमा यही कात्तिक २० गतेको आदेशले हाललाई कार्यान्वयन नगर्न आदेश भई यही कात्तिक २६ गते पेशी तोकिएको छ। निजी उच्च विद्यालयहरुको संस्था (हिसान) ले पनि तयारी अपुग भएकाले यसवर्ष नयाँ पाठ्यक्रम लागू नगर्न दबाब दिँदै आएको छ।

Ncell 2
Ncell 2

शिक्षा अधिकारकर्मी बिके श्रेष्ठले पश्चिमा मुलुकमा तीन दशकदेखि नै व्यक्तिको सीप विकासका लागि यस्ता विषय शिक्षामा प्रयोग गराइएको देखिएको जनाउँदै अन्तर्राष्ट्रिय अभिसन्धि र सम्मेलनले पनि जीवनोपयोगी शिक्षालाई समावेश गर्न जोड दिँदै आएको अवस्थामा नेपालमा ढिलै भए पनि नीतिगतरूपमा यो विषय समावेश हुनु सकारात्मक भएको बताए।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक रेनुका पाण्डेले सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षालाई एकीकृत गरी विद्यार्थीलाई असल र सक्षम नागरिक बनाउने लक्ष्य लिइएकाले यसको कार्यान्वयन हुने स्पष्ट गर्दै तिहारपछि शिक्षकहरुको अभिमुखीकरण हुने जानकारी दिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वसहसचिव डिल्लीराम रिमालले पाठ्यक्रम विकास केन्द्रले समयमै नमूना शिक्षण र तालिम नदिँदा केही अन्योल देखिए पनि यस विषयको सन्दर्भिकता रहेको धारणा राखे। 

पाठ्यपुस्तक लेखक गोविन्द भण्डारीले अभिमुखीकरण नभए पनि शिक्षकहरुमा आत्मविश्वास भएमा नयाँ विषयका रुपमा यसलाई पढाउन सक्ने बताए। काभ्रेको सर्वमङ्गल माविका शिक्षक मीरा न्यौपाने र काठमाडौँको काञ्जिरोवा विद्यालयका शिक्षक सरिता खड्काले आफूहरु नयाँ पाठ्यक्रम पढाउन तयार रहेको स्थितिमा विवाद उत्पन्न हुनुले विद्यार्थीमा अन्योल देखिएको जनाए।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  १६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सिंहदरबारको सुरक्षा तयारीबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल आइतबार, चैत ८, २०८२
कतारमा सैन्य हेलिकप्टर दुर्घटना, सात जनाको मृत्यु आइतबार, चैत ८, २०८२
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश आइतबार, चैत ८, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
राष्ट्रिय सभामा आगामी अधिवेशन तयारीबारे उच्चस्तरीय छलफल, विभिन्न कार्यसूचीमा समन्वय आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
ट्रम्पको अल्टिमेटमपछि इरानले भन्योः युद्ध अब नयाँ चरणमा आइतबार, चैत ८, २०८२
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
नेकपाले टुंग्यायो समानुपातिकतर्फका नाै जना सांसदको नाम आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्