काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुले तत्काल सचिवालय बैठक बस्न सहमतिका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई लिखित आग्रह गरेका छन्।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बालुवाटार गई ओलीलाई सचिवालय बैठक बोलाउन लिखित आग्रह गरेका थिए।
तर ओलीले उक्त आग्रहका विषयमा कुनै निष्कर्ष नदिएको बैठकपछि प्रवक्ता श्रेष्ठले बताए। ‘हामीले बैठकका लागि सहमति दिन लिखित आग्रह गर्याैं, तर उहाँले आज कुनै निष्कर्ष दिनु भएन,’ श्रेष्ठले भने।
श्रेष्ठले कोभिडबाट उत्पन्न स्वास्थ्य तथा आर्थिक संकटलाई सम्बोधन गर्न, पार्टीभित्र स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको समीक्षा, पार्टी संकटका सन्दर्भमा छलफल गरेर एकताको रक्षा गर्दै निर्णय कार्यान्वयन प्रक्रिया अघि बढाउन छलफलका लागि बैठक बस्न आग्रह गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।