काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र बहुमत सचिवालय सदस्यबीच बालुवाटारमा भएकाे छलफल सकिएकाे छ।
सचिवालय बैठकका लागि ओलीलाई सामूहिक रुपमा आग्रह गर्न जानुअघि बहुमत सचिवालय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेका थिए। बिहानकाे छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बोलाएको सचिवालय बैठकले अर्का अध्यक्ष ओलीसँग भेट गरी बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।