• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कम्युनिस्ट बिग्रेपछि टाढासम्म गन्हाउँछ

कमल थापा  शनिबार, कात्तिक २२, २०७७  ०७:०१
1140x725

'कम्युनिस्ट बिग्रेपछि अत्यन्त दुर्गन्धित हुन्छ' धेरै वर्षअघि  एक  कम्युनिस्ट मित्रले भनेका उक्त भनाइ बारम्बार मेरो सम्झनामा आईरहन्छ। 

प्रसंग ४३ वर्षअघिको हो। २०३४ असाेजमा म भर्खरै तत्कालीन 'गाउँ फर्क राष्ट्रिय अभियान' नारायणी अंचलको सदस्य सचिवमा मनोनित भएको थिएँ। मैले आफ्नो जिम्मेवारी सम्हालेको केही महिनापछि गाउँ फर्क राष्ट्रिय अभियान केन्द्रीय अध्यक्ष बिश्ववन्धु थापा जिल्ला भ्रमणको सिलसिलामा हेटौंडा आईपुग्नु भयो। दिनभरको औपचारिक भेटघाट र बैठक सकिएपछि हेटौंडास्थित 'पि डब्लु डी'को अतिथि गृहमा उहाँको रात्रिभोजन र आवासको व्यवस्था मिलाईएको थियो।

त्यसबेलाको प्रचलन अनुसार अतिथि सत्कारको जिम्मेवारी हेटौंडा नगरपालिकाले लिएको थियो। राममबहादुर खड्का नगरपालिकाको प्रधानपञ्च हुनुहुन्थ्यो। चलन अनुसार वरिष्ठ अतिथिहरू जिल्ला भ्रमणमा आउँदा अतिथिसँगै बसेर स्थानीय नेता र जिल्लाका कार्यालय प्रमुखहरू पनि खानपिनमा सहभागी हुन्थे।

बिश्ववन्धु थापाले भने शयनकक्षमा नै आफूले खाना खाने जानकारी दिनुभयो। फेरि उहाँ शाकाहारी र कहिल्यै मदिरा सेवन नगर्ने हुनुहुँदो रहेछ। आयोजकलाई अप्ठ्यारो भयो। नगरपालिकाले २०/२५ जनालाई भोजनको लागि आमन्त्रित गरिसकेको थियो। जेहोस् अतिथिको चाहना बमोजिम उहाँकै कोठामा खाना पठाई दिएर स्थानीय अतिथिहरूले बाहिर हलमा त्यसबेलाको सबैभन्दा ठूलो राप्ति होटलबाट मगाइएको खाना र पेयपदार्थ सेवन गरे। 

भोलिपल्ट बिहान अध्यक्ष बिश्ववन्धु थापालाई बिदाई गर्न गेस्ट हाउसमा सबै भेला भए। गाडी चढ्नुअघि थापाले प्रधानपञ्चलाई खोजे। प्रधानपञ्च खड्का हस्याङफस्याङ गर्दै आईपुगे। थापाले सोध्नु भयो, 'हिजोको खानाको कति पैसा होला'?

खड्का अकमक्क परे। हात जोडेर भने-'सबै नगरपंचायतले व्यवस्था मिलाएको छ'

थापाले मानेनन्।

'मेरो खाना खर्च किन नगरपंचायतले तिर्ने? भन्नुहोस् कति हो?'

Ncell 2
Ncell 2
nimb
nimb

अलमलिएका खड्काले भने- 'दुई सय रुपैयाँ'

थापाले खल्तिबाट आफू, ड्राइभर र गार्डको गरेर ६ सय रुपैयाँ दिए। खड्काले हात थापे। यसअघि यस्तो घटनाको अनुभव कसैले गरेका थिएनन्।

जिल्ला भ्रमणबाट काठमाडौं पुगेको दुई हप्ता पछि बिश्ववन्धु थापाले पदबाट राजीनामा दिए। बिजया दशमीको दिन बिपी कोइरालाको घर गएको आरोपमा केही अतिवादी पंचहरूले उहाँको निकै विरोध गरेपछि नैतिकताको आधारमा उहाँले राजीनामा दिनुभएको थियो। त्यसपछि कमलराज रेग्मी राजाबाट गाउँफर्क राष्ट्रिय अभियानको केन्द्रीय अध्यक्ष पदमा नियुक्त हुनुभयो।

नयाँ अध्यक्षको रुपमा उहाँले पनि जिल्ला भ्रमण सुरु गर्नुभयो र एकदिन हेटौंडा आईपुग्नु भयो। परम्परा र प्रचलन अनुसार हेटौंडा नगरपंचायतले आतिथ्यको जिम्मेवारी लियो। केही महिनाअघि बिश्ववन्धु थापाको व्यवहारबाट चकित रहेका नगरपंचायतका प्रधानपञ्च रामबहादुर खड्का यसपटक बढी नै सतर्क थिए। तर, रेग्मीको व्यवहार भने ठीकविपरीत देखियो। उहाँले हेटौंडा आईपुगेदेखि खानपिन र आवासबारे बिशेष अभिरूचि देखाउनु भयो। खानापिन होटलमा नै व्यवस्था गर्न सल्लाह दिनु भयो। आफ्नो रूचि अनुसारको 'मेन्यु'  र 'ड्राई फ्रुट' को लिष्ट पनि दिनु भयो।

निर्धारित समयमा खानपिन सुरू भयो। त्यसैबीच एक जटिल समस्या आइलाग्यो। नगरपंचायतले होटल राप्तीमा उपलब्ध भए अनुसारको ब्राण्डको मदिरा ' सर्भ' गर्‍यो। तर, मुख्य अतिथि रेग्मीले त्यो 'ब्राण्ड' आफूलाई नचल्ने भएकोले आफ्नो चाहना अनुसारको मदिरा जहाँबाट भए पनि खोजेर ल्याउन निर्देशन दिनुभयो। अन्यथा, रात्री भोजन नै बहिष्कार हुने संकेत देखियो। आफ्नो चाहना अनुसारको'ब्राण्ड'बारे समयमै प्रधानपञ्चलाई जानकारी नदिएकोमा रेग्मीले 'पिए' लाई सार्वजनिक रूपमा हकारे। प्रधानपञ्च खड्का हैरान भए। चारैतिर कर्मचारी दौडाए। अन्ततः नगरपंचायतका कर्मचारीले खड्काको ईज्जत जोगाई दिए। तोकिएको 'ब्राण्ड' फेला पर्‍यो। ढिलो सुरू भएकाले झण्डै मध्यरातसम्म खानपिन जारी रह्यो। 

भोलिपल्ट बिहान अध्यक्ष कमलराज रेग्मीको बिदाइको निम्ति सबै गेस्ट हाउसमा जम्मा भए। बिश्ववन्धु थापाले ६ सय रुपैयाँ भिडाएर गएको घटनाबाट चिन्तित प्रधानपञ्च खड्का केही अलमलमा थिए। तर, कुनै असहज परिस्थिति आएन। अध्यक्ष रेग्मी प्रफुल्ल मुद्रामा हेटौंडाबाट बिदा हुनुभयो।

हिजोको खानपिनको बेला देखिएको असहज अवस्था मेरो मनमस्तिष्कमा घुमिरहेको थियो। नजिकै उपस्थित मभन्दा पाका र  पुरानो साथी भनेर कमलराज रेग्मीसंग भेट्न आएका साम्यवादी पृष्ठभूमिका मित्रलाई सोधें- 'कम्युनिस्टहरू वैचारिकरूपले प्रतिबद्ध, त्यागी, तपस्वी, आफ्नो आदर्शको निम्ति मर्न मार्न तयार हुन्छन् भन्ने बुझेको थिएँ। तर, कमलराजजीको हिजोको व्यवहार मलाई अनौठो लाग्यो।'

ती मित्रले सहजरुपमा भन्नुभयो, 'तपाईंले असजिलो मान्नु पर्दैन। कमलराज रेग्मी अब कम्युनिस्ट हुनुहुन्न। छोडी सक्नुभयो। फेरि बुझिराख्नोस्, कम्युनिस्ट बिग्रेपछि अत्यन्त दुर्गन्धित हुन्छ। टाढा टाढासम्म गन्हाउँछ।'

गाउँफर्क राष्ट्रिय अभियान नारायणी अञ्चल सदस्यचिवको हैसियतमा बिश्ववन्धु थापा र कमलराज रेग्मी दुवैको उपरोक्त जिल्ला भ्रमणका बेला म प्रत्यक्ष उपस्थित थिएँ। दुई अलग राजनीतिक पृष्ठभूमिबाट आएका दुई अध्यक्षहरूको आचरण र व्यवहारवारे मलाई संधै कौतुहलता रहने गरेको छ। 

तर, मेरा कम्युनिस्ट मित्रको- 'कम्युनिस्ट बिग्रेपछि अत्यन्त दुर्गन्धित हुन्छ' भन्ने भनाई मलाई अहिले झन् सान्दर्भिक लागेको छ। समकालीन 'कम्युनिस्ट कमरेडहरू'को व्यवहार, चरित्र र आचरणले उक्त भनाईलाई चरितार्थ गरिरहेको छ।

राप्रपा अध्यक्ष थापाको ब्लगबाट

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्