काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०९ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १५ लाख १७ हजार ३४३ जनाको पिसिआर परीक्षण भएको छ।
यसैगरी शुक्रबार थप ४५ सय जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल संक्रमणमुक्तको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।