काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित वरिष्ठ नेता माधवकुमार नेपालले कानुनविद्सँग छलफल गरेका छन्। बिहीबार बिहान ९ बजे नेकपा जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा एक घण्टा भन्दा बढी समयसम्म उनीहरूले छलफल गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
पार्टीभित्र विवाद अन्तर्विरोध बढिरहेकै बखत प्रचण्ड-नेपालले कानुन क्षेत्रका विज्ञसँग परामर्श गर्नलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेपाल बार एसोसियसनका अध्यक्ष चण्डिश्वर श्रेष्ठ पार्टी केन्द्रीय सदस्य एवम् पूर्व न्यायाधिवक्ता मुक्ति प्रधानलगायत वरिष्ठ कानुनविद्हरू छलफल सहभागी थिए।
पार्टीेमा देखिएका विवादका कानुनी पाटोबारे छलफल भएको बुझिएको छ। तर, केन्द्रीय सदस्य एवम् पूर्वन्यायधिकवक्ता प्रधानले अहिलेको पार्टीमा देखिएको विवादका विषयमा छलफल नगरिएको दाबी गरे।
‘हामीले पार्टी अध्यक्षसँग भेट्न समय मागेका थियौँ। पेरिसडाँडामा छलफल गर्ने समय तय भयो,' प्रधानले भने, 'अहिलेको पार्टी विवादको भन्दा पनि अरु कानुनी पाटाका विषयमा छलफल गरेका हौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।