पोखरा– सरकारले यातायात सिन्डिकेट खारेज गरेको विरुद्ध यातायात व्यवसायी हडतालमा उत्रिएपछि पोखरामा सशस्त्र पहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
शुक्रबार सार्वजनिक यातायात हडताल भएपछि अप्ठ्यारोमा परेका यात्रुका लागि सशस्त्र प्रहरीले निःशुल्क बस सञ्चालन गरेको हो। यात्रुलाई सहज होस् भनेर बिहान साढे १० बजेदेखि बेलुका साढे ५ बजेसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको सशस्त्र प्रहरीले जनाएको छ।
पोखराको पृथ्वीचोक, सिर्जना चोक, महेन्द्रपुल, रानीपौवा, मुस्ताङचोक, सहिदचोक लगायतका ठाउँमा सशस्त्रको बस चलेको थियो। सशस्त्रले दिनभरि २ सय ६१ जना यात्रुलाई सेवा दिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।