पर्वत- धौलागिरी यातायात बस व्यवसायी सञ्चालक समितिका महासचिव ख्याम लामिछाने पनि पक्राउ परेका छन्।
सिन्डिकेटको पक्षमा आन्दोलन थालेका यातायात व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएलगत्तै देशभरका यातायात व्यवसायी पक्राउ परिरहेका छन्। लामिछानेलाई कुस्मा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीप घिमिरेले जानकारी दिए।
धौलागिरी अञ्चल यातायात बस व्यवसायी समितिअन्तर्गत ४ सय गाडी सञ्चालित छन्। समितिले संस्थागत विरोेधका लागि आफ्ना गाडी ग्यारेजमा थन्क्याएको छ। यस क्षेत्रका करिब ६ व्यवसायीले यातायात ठप्प पार्दा सर्वसाधारण समस्यामा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।