काठमाडौं- नेकपा स्थायी कमिटी सदस्य मातृका यादवले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारी निर्णयप्रति आपत्ति जनाएका छन्।
देश संविधानअनुसार चलाउनुको सट्टा व्यक्तिको इच्छाअनुसार चलाउन खोजिएको भन्दै उनले सरकारी निर्णयको विरोध गरे। जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन र सहिदको अपमान गर्नेगरी सरकारको निर्णय भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। सरकारी निर्णय संघीयता विरोधी रहेको उल्लेख गर्दै यादवले सच्याउन माग गरेका छन्।
असोज ११ गतेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा ‘नेपाल’ लेख्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदको निर्णयअनुसार कानुन मन्त्रालयले कार्यान्वयनका लागि मातहतका निकायलाई पत्रचार गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।