काठमाडौं- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच भेटघाट गर्ने तयारी गरेका छन्। पार्टीभित्र दुई अध्यक्षबीच तीव्र मतभेद भएपछि बुधबार भेट्ने तयारी रहेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।
‘बुधबार दुई अध्यक्षबीच भेटघाट गर्ने कि भन्ने तयारी छ‚’ प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘तर, समय भने तय भइसकेको छैन। शायद आज दुई अध्यक्षबीच संवाद हुन सक्छ।’
गत शनिबार दुई अध्यक्षबीच ११ दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको थियो। संवादमा ओलीले पार्टीमासँगै जान नसक्ने भन्दै विभाजन गरेर जान प्रस्ताव गरेका थिए।
त्यहीँ विषयलाई लिएर अर्का अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ६ सदस्य सचिवालय सदस्य राखेर गत आइतबार छलफल गरेका थिए। ओली-प्रचण्ड संवाद खुमलटार भेला भएपछि बाहिर आएपछि पार्टी विभाजनले तरंगित भएको थियो।
पार्टी विभाजनको चर्चा चल्न थालेपछि दोस्रो तहका नेताहरु सक्रिय भएका थिए। पार्टीभित्रको विवाद विभाजन गरेर नभई सचिवालय वा स्थायी कमिटी बैठक बोलाएर छलफल गर्नुपर्ने नेताहरुले सुझाव दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।