काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४६८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार २ सय ४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ११४ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर कुल संक्रमितमध्ये ३७ हजार ४३७ पुगे जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।