काठमाडौं- दुई दिनको सामान्य करेक्सनपछि मंगलबार सेयर बजार ५ दशमलव ४ अंकले सुधार भएको छ। दशैँ बिदापछि खुलेको दुई दिनमै ४० अंकभन्दा माथिले सुधारिए पनि आइतबार र सोमबार ११ अंकले करेक्सन भएको थियो। मंगलबार थोरै करेक्सन पछि सेयर बजार बन्द भएको हो।
मंगलबार नेप्से सूचक बढेर १६४३.३ अंकमा रोकिएको छ। सूचक सुधारिए पनि कारोबार भने सोमबारका तुलनामा कम भएको छ। मंगलबार दुई अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ। वाणिज्य बैंक र विकास बैंकबाहेक सम्पूर्ण सूचक सुधार भएका छन्।
विशाल बजारसहित ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। मंगलबार १९८ वटा कम्पनीको कारोबार हुँदा ८३ वटाको मूल्य बढेको छ भने ७० वटाको मूल्य घटेको छ। सबैभन्दा धेरै नेपाल टेलिकमको १० करोड रुपैयाँको कारोबार भएको छ।
बजार सुधार हुन थाले सँगै बजार बढ्दा धेरै अंकले बढ्ने र घट्दा थोरै अंकले घट्ने गर्छ। केही समयदेखि दोस्रो बजार बुलिस ट्रेन्डमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।