फाइल तस्बिर
काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३ हजार १५० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा रहेका उनीहरू निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
योसँगै नेपालमा एक लाख ३७ हजार ९ सय ९२ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७८ दशमलव २ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै १४ लाख ६९ हजार ८ सय १२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २ हजार १ सय १९ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३७ हजार ५ सय २४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
पूर्ण विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।