काठमाडौं- नेकपा स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री गोकर्ण विष्टले पार्टीभन्दा गुटलाई ठूलो ठान्ने प्रवृत्ति सच्याएर मात्रै पार्टीलाई एकताबद्ध गर्न सकिने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै विष्टले देश र जनताभन्दा नेता ठूलो‚ पार्टीभन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्याएर मात्रै आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउन सकिने बताएका छन्। सबैले गुटलाई त्यागेर पार्टी निर्माणमा सबै लाग्नु पर्ने विष्टको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।