• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

धरानको पहिचान घण्टाघर, सहरको समय सूचक पनि

64x64
रासस आइतबार, कात्तिक १६, २०७७  १३:०१
1140x725

फेसन र म्युजिकले रङ्गीन बनाएको जीवनशैली धरानको विशेषता हो। अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाई झन् आकर्षक बनाएको छ। लाहुरेहरुको शहर धरानलाई थप चिनाउन धरानले घण्टाघर पाएको छ। हङकङमा रहेका घण्टाघरको डिजाइनमा बनेको घण्टाघर आजभोलि धरानको पहिचान बनेको छ।

यो  घण्टाघर विसं २०६२ पुस २० गतेदेखि औपचारिकरूपमा पर्यटकलाई प्रवेश खुला गरिएको हो। हङकङमा बसोबास गरिरहेका धराने र धरानवासीको यसमा लगानी छ। यो निर्माणका लागि पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बाले अगुवाइ गरेका थिए। उनकै अध्यक्षतामा व्यवस्थापन समिति बनाएर हाल व्यवस्थाप गरिँदै आएको छ। यहाँभित्रको बगैँचा, भूकम्प स्मारक उद्यान आन्तरिक तथा बाह्य पर्यटकलाई अलमलिने, फोटो खिच्ने, आराम गर्ने गन्तव्य बनेको छ।

घण्टाघरको विशेषता यति मात्र होइन। पर्यटकका लागि घुम्ने स्थान हो भने घण्टाघर नाडीमा घडी नहुने र साथमा मोबाइल नबोक्नेका लागि समय भन्दिने स्थान पनि हो। एकनासले एउटा काममा अलमलिएको बेला घण्टाघण्टामा घण्टाघरको आवाजले चनाखो बनाइदिन्छ। धरानका बजार क्षेत्रका मान्छे प्रायः यही घण्टाघरको आवाजले आफ्नो दैनिकी शुरु गर्छन्। 'बिहान यसैले ब्युँझाउने गर्छ,' भानुचोकमा पत्रिका बेच्ने व्यवसायी अर्जुन श्रेष्ठ भन्छन्, 'यो त सहरकै समयसूचक घडी हो।'

घण्टाघर परिसरमा विसं २०४५ को भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा भूकम्प स्मारक बनाइएको छ। धरानमा त्यसबेला भूकम्पले निकै क्षति पुर्याएको थियो। विसं २०४५ भदौ ५ गते बिहान ५ः०० बजे गएको भूकम्पमा देशभर ठूलो जनधनको क्षति भएको थियो । त्यतिबेला धरान नगर क्षेत्रका ११६ जनाको मृत्यु भयो भने एक हजार ५०० जना घाइते भएका थिए । त्यतिबेला मृत्यु हुनेहरुको सम्झनामा भूकम्प स्मारक बनाइएको हो। यो पनि यतिबेला पर्यटकको गतव्य बनेको छ।

Ncell 2
Ncell 2

घण्टाघरको सबैभन्दा माथिल्लो तलाबाट धरान बजारलाई धितमरुञ्जेल हेर्न सकिन्छ। घण्टाघर बाह्य पर्यटकका लागि घुम्ने र स्थानीयवासीलाई भेटघाट, चियागफका लागि पनि सजिलो भएको छ। घण्टाघरका सुपरभाइजर केशव न्यौपानेका अनुसार दैनिक सरदर २०० को हाराहारीमा घण्टाघर प्रवेश गर्छन्। उद्यान घुम्न मात्र रु १० शुल्क तिर्नुपर्छ। घण्टाघर चढ्न रु २० शुल्क तिर्नुपर्छ। भिडियो सुटिङका लागि रु ५०० तिर्नुपर्छ तर विगत चैतबाट कोरोनाका कारण घुम्न आउने शून्य भएका छन्।

धरान उपमहानगरपालिकाको २० वर्षे दीर्घकालीन सोचअनुरूप पर्यटकका लागि थप आकर्षण र धरान नगरको छुट्टै पहिचानसमेत गराउने उद्देश्यले धरानको भानुचोकमा रु ५६ लाख ३९ हजार लागतमा घण्टाघर निर्माण भएको थियो। घण्टाघर धरान हङकङ मञ्चको सहयोगमा निर्माण गरिएको हो।

हङकङस्थित घण्टाघरकै नमूनाको उक्त घण्टाघर जमिनभन्दा माथि ७६.५ फिट उचाइको छ। पचपन्न फिटको उचाइमा गएर एकपटकमा करिब ५० जनासम्मले वरिपरि परिक्रमा गर्दै दृश्यावलोकन गर्न सक्नेछन्। पूर्वी नेपाल घुम्नका लागि पर्यटकीय ‘हब’को रूपमा धरान विकास भएको धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारी बताउनुहुन्छ।  नेपालकै आधुनिक शहरका रूपमा आफ्नो पहिचान बनाएको धरान पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार पनि हो। 

अन्डरग्राउन्डसहित ६ तलामा बनेको घण्टाघरभन्दा वरपरका घरलाई बढी तला थप्न उपमहानगरपालिकाले इजाजत दिएर घण्टाघरलाई ओझेलमा पार्ने काम भएको स्थानीयवासीले गुनासो गरेका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
डोजर लाउने मान्छे आए भनेर डराएका छन्- ओली बिहीबार, माघ ८, २०८२
भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्न महानिरीक्षक कार्कीको निर्देशन बिहीबार, माघ ८, २०८२
सुनचाँदीको मूल्य घट्यो बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्